काठमाडौ । साधारणतया अपार्टमेन्ट किन्न कति पर्ला ? १ करोड, २ करोड वा त्योभन्दा माथि । ३ करोड वा ४ करोड रुपैयाँ तिर्नेले जति पनि लग्जरी अपार्टमेन्ट किन्न सक्ने छन् । तर, उपत्यकामा बनेका सस्ता अपार्टमेन्ट ५० लाख रुपैयाँबाटै किन्न सकिने छ । उपत्यकामा कम मूल्य भनेर बिक्री हुने अपार्टमेन्ट ५० लाख रुपैयाँदेखि १ करोड भन्दा कम मूल्यमा किन्न सकिने छ ।

ललितपुर भैसेपाटीको जनता आवासमा फर्निसिङ सहितको दुई बेडरुम अपार्टमेन्ट (टु बीएचके) को मूल्य ५० लाख रुपैयाँ रहेको छ । ६ सय ३८ स्क्वायर फिट एरियामा बनेको उक्त अपार्टमेन्टमा ५० लाख रुपैयाँदेखि ८० लाख रुपैयाँसम्ममा किन्न सकिने रियल स्टेट एण्ड रिसर्च सेन्टरका माकेर्टिङ हेड किसोर खरेलले जानकारी दिए । उक्त अपार्टमेन्टमा दुई बेडरुम सहितको अपार्टमेन्ट भाडामा मात्रै लिने हो भने १५ हजार रुपैयाँले नै पाइन्छ । फर्निसिङ सहितको अपार्टमेन्ट भाडामा लिने हो भने २० हजारदेखि ३० हजार रुपैयाँसम्ममा पर्ने खरेलले जानकारी दिए ।

‘अहिले अपार्टमेन्ट जस्तो खोज्यो त्यस्तै पाइन्छ, तर आफुले कति मूल्य हाल्ने र आवश्यकता के हो भन्ने विषयले महत्व राख्छ,’ घिमिरेले भने । ‘अपार्टमेन्टको मूल्य ठाउँ अनुसारको सस्तो महंगो पर्न जान्छ, किनेरै बस्न नसक्ने मानिसहरुको लागि पनि सस्तो मूल्यमा भाडामा लिएर बस्ने यो राम्रो अवसर हो,’ खरेलले भने ।

कुलेश्वरमा रहेको ओरेन्टल कोलोनीमा ५० लाख रुपैयाँदेखि ६० लाख रुपैयाँसम्ममा एक बेडरुम सहितको ९वान बीएचके० अपार्टमेन्ट विक्रीमा रहेको छ । यो फर्निसिङ सहितको अपार्टमेन्ट हो । उक्त अपार्टमेन्टमा फल्याट किन्दा मात्र हैन भाडामा लिनसमेत सस्तो मूल्यमा पाउन सकिने जनाइएको छ । वान बीएचके अपार्टमेन्ट खाली भाडामा लिने हो भने १५ हजार रुपैयाँमा लिन सकिन्छ । फर्निसिङ सहितको वान बीएचके अपार्टमेन्ट २० हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्ममा भाडामा लागि रहेको छ ।

खरेलका अनुसार हाल ओरेन्टल र जनता आवास अपार्टमेन्टमा सस्तो मूल्यमा अपार्टमेन्ट विक्री वितरण भइरहेका छन् । यस्तै बागडोलमा चौधरी ग्रुपले निर्माण गरेको रेसिडेन्सी अपार्टमेन्टमा ७ सय स्क्वायर फिटमा रहेको टु बीएचके फल्याट ८० लाख रुपैयाँदेखि ९० लाख रुपैयाँसम्ममा किन्न सकिन्छ ।

उक्त फ्ल्याट फर्निसिङ बीना भाडामा लिने हो भने २० हजार रुपैयाँ पर्ने खरेलले जानकारी दिए । फर्निसिङ सहित सोही फ्ल्याट लिने हो भने ३० हजार रुपैयाँ पर्न जाने उनले बताए । भक्तपुर आसपासमा अपार्टमेन्ट किन्न चाहानेहरुका लागि सनसीटी अपार्टमेन्ट उचित हुने खरेल बताउँछन् । सो अपार्टमेन्टमा ७ सय स्क्वायर फिटमा रहेको टु बीएचके फ्ल्लाइट २५ हजारमा भाडामा लिन सकिने छ । सोही फ्लाइट किन्ने हो भने १ करोड रुपैयाँसम्ममा किन्न सकिने उनले बताए ।

यस्तै सोही अपार्टमेन्टमा ११ सय स्क्वायर फिटमा रहेको ३ बीएचके अपार्टमेन्ट डेढ करोड रुपैयाँसम्ममा किन्न सकिने छ । अपार्टमेन्ट भाडामा मात्र लिन चाहानेले ३० हजार रुपैयाँमा अपार्टमेन्टमा बस्न सक्ने छन् । यस्तै विशाल बजारमा रहेको सेन्टर पार्कमा १५ सय स्क्वायर फिटमा बनेको अपार्टमेन्ट रहेको छ । उक्त अपार्टमेन्टमा तीन बेडरुम ९थ्री बीएचके० को फ्ल्याट लिने हो भने डेढ करोड रुपैयाँदेखि ३ करोड रुपैयाँसम्म पर्ने छ । सोही फ्ल्याट खाली भाडामा लिने हो भने ७० देखि ८० हजार रुपैयाँसम्ममा लिन सकिन्छ । त्यसलाई फनिसिङको सुविधा सहित लिन चाहानेले ९० हजार रुपैयाँदेखि डेढ लाख रुपैयाँसम्म भाडा तिर्नु पर्ने हुन्छ ।

धापासीमा रहेको ग्रान्डी अपार्टमेन्टमा वान बीएचके अपार्टमेन्ट ७० लाख रुपैयाँदेखि ८० लाख रुपैयाँसम्ममा किन्न सकिन्छ । यस्तै आफ्नो आवस्यकता र प्रिमियमनेस अनुसारको अपार्टमेन्ट किन्न चाहनेले डेढ करोड रुपैयाँदेखि ४ करोड रुपैयाँसम्म खर्च गर्नु पर्ने सीई कन्स्टक्सनका सुजन घिमिरे बताउँछन् । उनले ग्रान्डीमा कम मूल्यका अपार्टमेन्ट धेरै नपाइने भए पनि बढी मूल्य लगाउनेहरुले आफ्नो रोजाइ अनुसार गुणस्तरीय अपार्टमेन्ट किन्न सक्ने बताए । ‘अहिले अपार्टमेन्ट जस्तो खोज्यो त्यस्तै पाइन्छ, तर आफुले कति मूल्य हाल्ने र आवश्यकता के हो भन्ने विषयले महत्व राख्छ,’ घिमिरेले भने ।

सम्बन्धित खबरहरु