काठमाडौ । सामान्यतया एउटा घरमा लगातार छोरी–छोरी वा छोरा–छोरा मात्रै जन्मने समस्या हुन्छ । तर भारतको उत्तराखण्ड प्रदेशको उत्तरकाशी जिल्लाका १३२ गाउँमा पछिल्लो तीन महिनामा एक जना पनि छोरी जन्मेका छैनन् । यो अवधिमा दर्ता भएको कूल २१६ गर्भाधारणमा सबै छोरा जन्मेको देखिएको छ ।

यो घटनाले अहिले सबै चकित भएका छन् । छोरा र छोरीको जन्ममा यति धेरै भिन्नता सार्वजनिक भएपछि जिल्ला प्रशासनले अनुसन्धान सुरु गरेको छ । ‘टाइम्स अफ इण्डिया’को रिपोर्ट अनुसार प्रशासनले यी १३२ गाउँलाई ‘रेड जोन’को रुपमा पहिचान गरेर जाँच सुरु गरेको छ ।

अनुसन्धानका क्रममा ‘स्थानीय सामाजिक स्वास्थ कार्यकर्ता’हरुमाथि निगरानी गरिनेछ । स्वास्थ विभागद्वारा उपलब्ध गराइएको तथ्याँकबाट यो कुरा खुलासा भएको हो । सन् २०११ को जनगणनामा पनि उत्तरकाशीमा बसोबास गर्ने पुरुष र महिलाको संख्यामा ठूलो भिन्नता देखिएको थियो । त्यहाँ पुरुषको संख्या १,६८,५९७ रहँदा महिलाको संख्या १,६१,४८९ मात्र छ ।

पछिल्लो तीन महिनाको तथ्याँकले जिल्लामा छोरीको भ्रूण ह त्याको सम्भावनातर्फ संकेत गरेको छ । उत्तरकाशीका ‘डिस्ट्रिक्ट मेजिस्ट्रेट’ आशिष चौहानले यस प्रकरणबारे भने, ‘१३२ गाउँमा यति लामो समय एकजना पनि छोरी नजन्मिएको अवस्थाले छोरी भ्रूण ह त्याको सम्भावना देखाउँछ ।’

उनले भने, ‘हामी थप ६ महिनासम्म बालबालिकाको जन्मको तथ्याँक र त्यहाँका स्वास्थकर्मीको गतिविधिहरुमाथि नजर राख्नेछौं । यदि स्थिति सुधार हुँदैन भने स्थानीय सामाजिक स्वास्थ कार्यकर्ताविरुद्ध कडा कारवाही गरिनेछ । त्यसको साथै दोषी परिवारविरुद्ध पनि कानूनी कारबाही गरिनेछ ।’

घटनाको जानकारी राज्यको मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतसम्म पनि पुगेको छ । मुख्यमन्त्रीले भने, ‘उत्तरकाशी जिल्लामा भएको घटना मुख्यमन्त्री कार्यालयमा जानकारी आएको छ । एजेन्सी

सम्बन्धित खबरहरु