नवलपरासी । नेपालमा अहिले यौ न व्यवसाय फस्टाउदै गइरहेको छ । कानुनी रुपमा मान्यता नपाएको यो व्यवसायमा संलग्नहरु धमाधम पक्राउ पर्नुले यसको प्रभावलाई प्रष्ट पार्दछ । यो बीचमा नवलपरासीको बर्दघाटबाट प्रहरीले होटेल सञ्चालक सहित १० जनालाई यस्तो कार्यमा संलग्न भएको भन्दै पक्राउ गरेको छ ।

बर्दघाट २ चिसापानीमा रहेको न्यू सितलपार्टी स्टाप होटल रेष्टुरेन्ट एण्ड लजबाट होटेल सञ्चालक सहित १० जनालाई पक्राउ गरेको हो । होटेलमा अनैतिक क्रियाकलाप हुने गरेको सूचनाको आधारमा छापा मार्दा प्रहरीले होटेल सञ्चालक रेशम कोईराला सहित ४ महिला र ६ पुरूष गरि १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु