गुल्मीमा भीषण पहिरो : ६ जनाको मृत्यु, आधा दर्जन घर बग्दा अरु धेरै पुरिएको आशंका


गुल्मी । सोमबारदेखि परेको अबिरल बर्षाका कारण गुल्मीमा ६ जनको मृत्यु भएको छ। राति घरमा भल पसी स्थानीय तिल बहादुर त्रामुकी ३० बर्षीय तिलकुमारी त्रामू , उनका छोरा बर्ष १० का दर्शन त्रामुको मृत्यु भएको स्थानीय जित बहादुर त्रामुले जानकारी दिए। यस्तै उनकी १२ बर्षीया छोरी करिष्मा र १४ बर्षकी छोरी धनी त्रामु घाइते भएको स्थानीयले बताएका छन्।

पानी परीराखेकाले उपचारमा लैजानका लागि समस्या परेको छ। यस्तै सत्यावती गाउँपालिका वडा नं ४ लिम्घामा ४ घर बगाउदा चार जनाको श ब फेला परेको र गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालले जानकारी दिए। श बको पहिचान हुन सकेको छैन। चार घरमा कति जना थिए र अन्यको अबस्थाको बारेमा नखुलेको ढकालले बताए। उद्धारका लागी स्थानीयको टोली लागेको र प्रहरीको टोली पनि पुग्न लागेको उनले बताए ।

यस्तै सत्यावती गाउँपालिका वडा नं ३ मा रुद्ध बहादुर बिकको घर पहिरोले बगाएको छ। राति घर बगाउदा रुद्धबहादुर बिक र उनकी आमा घरमा भएको आशंका गरिएको छ। उनीहरु बेपता रहेको स्थानीयहरुले बताएको खोजी कार्य जारी रहेको बताईएको छ।

अबिरल बर्षा भईरहेका कारण प्रहरीको टोली त्य तर्फ पुग्न सकेको छैन बाटोमा पहिरो गएका कारण पनि घटनास्थलमा जान समय लागेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन घलेको नेत्तृवमा प्रहरीको टोली त्यस तर्फ गएको र यर्थार्थ बिबरण त्यस पश्चात आउन सक्ने जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ। यता गुल्मी जिल्लाका प्रमुख जिल्लाअ अधिकारी यदुनाथ पौडेलका अनुसार उद्धारका लागि प्रहरीको टोली संगै स्थानीय लागेको र उपचारका लागि स्वास्थ्यको टोली पुगेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
यो बर्षको कक्षा ११ र १२ शैक्षिक वार्षिक कार्यतालिका प्रकाशित [पूर्ण विवरणसहित]
स्नातकोत्तर दोस्रो बर्षको नतिजा प्रकाशित [नतिजासहित]
त्रिविले भर्खरै जारी गर्यो अत्यन्तै महत्वपुर्ण जानकारी [सुचनासहित]
स्नातक तह (BA, BBS र B.Ed) भर्ना सम्बन्धि सूचना: त्रिभुवन विश्वविद्यालय
नर्स, फार्मेसी, सि.एम.ए, अ.न.मीको भर्ना तथा शुल्क सम्बन्धी अत्यन्त जरुरी सूचना
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर