काठमाडौ । आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगितामा अहिले नेपालले कतारसँग भिडिरहेको छ । नेपालले कतारलाई १२३ रनको चुनौती दिएको छ। टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रन मात्रै बनाउन सक्यो। नेपालका ओपनर व्याट्म्यान पारस खड्काले २८ रन बनाउँदा, ज्ञानेन्द्र मल्ल २३ रन बनाएर आउट भए।
त्यस्तै दिपेन्द्रसिंह ऐरीले ३४ रन बनाए भने सोमपाल कामीले ११ रन बनाए। नेपालको पालीलाई ध्वस्त पार्ने क्रममा कतारका इकबाल हुसेनले ३ विकेट लिए। उनले अन्तिम ओभरमा ह्याट्रिक गरे। तथा तमोर सजाद र नौमान सरवारले समान २–२ विकेट लिए। १२३ रनको विजयी लक्ष्यसहित कतारले अहिले जवाफि व्याटिङ गरिरहेको छ।