काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक तथा महासचिव पुष्पलाल श्रेष्ठ र शहिद गंगालाल श्रेष्ठ दाजु भाई हुन् भन्ने धेरैलाई थाहा नहुन सक्छ । तर सहोदर दाजुभाई हुन् । आज पुष्पलालको स्मृति दिवस हो । स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो क्षणमा शहिद गंगालालले भाई पुष्पलाललाई दिएको अन्तिम बचन सबैले जान्न जरुरी छ ।

विक्रम सम्वत १९८१ मा रामेछापको भंगेरीमा पिता भक्तलाल र माता तुलसीकुमारीका माइला छोराका रुपमा जन्मिएका पुष्पलाल प्रजातान्त्रिक आन्दोलनका शहीद गंगालालका सहोदर भाई हुन् ।

वि.सं. १९९७ सालमा आफ्ना दाजु अमर शहीद गंगालाल श्रेष्ठलाई गोली ठो की मा र्नु ठीक एकदिनअघि भद्रगोल जेलमा सपरिवार भेट्न जाँदा गङ्गालालले पुष्पलाललाई “माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस्” भनेका थिए र दाजुको यही शब्द नै पुष्पलालको निम्ति राजनीतिमा प्रवेश गर्ने प्रेरणाको श्रोत बन्यो।

पुष्पलाल श्रेष्ठले २००६ सालमा निरञ्जन गोविन्द वैद्य, नारायणबिलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसहितको नेपाल कम्युनिष्ट पार्टी गठन गरेका थिए । भारतको कोलकातामा पार्टी गठन भएको हो । प्रजातन्त्रको पुनःस्थापना गर्न कम्युनिष्ट र कांग्रेस मिल्नु पर्छ भन्ने विचारका नेता पुष्पलाललाई दूरदर्शी नेताका रुपमा स्मरण गरिन्छ । उनकै विचार अनुसार कम्युनिष्ट र कांग्रेस मिलेपछि देशमा प्रजातन्त्र पुनर्बहाली भएको हो ।

पुष्पलालले गठन गरेका पार्टी नेकपा विगतमा अनेक चिरामा विभक्त भए पनि पुनः एकीकरण भएर नेकपा बनेको छ । उनको २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा उपचार गराउँदा-गराउँदै निधन भएको थियो ।

सम्बन्धित खबरहरु