काठमाडौ । कञ्चनपुरकी बालिका निर्मल पन्तको बला त्कारपछि ह त्या प्रकरणमा गृहमन्त्री रामबहादुर थापा बादलले सारा नेपालीको चित्त दुख्ने बचन लगाएका छन् । यही प्रकरणमा बेला–बेला आलोचित हुँदै आएका गृहमन्त्री बादलले फेरि सबैको मन दुख्नेगरी अभिव्यक्ति दिएका हुन्।

निर्मला प्रकरणमाथिको अनुसन्धान निरन्तर चलिरहेको जवाफ दिने क्रममा मन्त्री थापाले भनेका छन् यस्ता प्रकरण नौला हैनन् । भोलीपनि रहिरन्छन् । आर्थिक वर्ष २०७५ ०७६ मा गृहमन्त्रालयमा प्रगतिविवरण सार्वजनिक गर्न सिंहदरबारमा आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले निर्मला प्रकरण नौलो नभएको पनि दावी गरे ।

यो जघन्य अ पराध थियो। तर यो घटना नयाँ र नौलो भने होइन। हिजो पनि भएको थियो, आज पनि भइरहेको छ र भोलि पनि केही हदसम्म रहन्छ, उनले भने, यस्ता घटनालाई पूर्णरूपमा नियन्त्रण गर्न सक्दैनौं। गृहमन्त्री थापाले अहिलेसम्म अ पराधी पत्ता लाग्न नसकेको अवस्थामा यो प्रकरणलाई राजनीतिकरण गर्नु दुःखद भएको टिप्पणी समेत गरे।

गृहमन्त्रालयले अ पराधीलाई जोगाएको भनेर राजनीति गर्नु दुःखद हो, उनले भने, यो प्रकरणबारे संसदमा पनि कुरा उठेको छ। यसमा राजनीतिकरण भन्दा सबै मिलेर अ पराधी खौजौँ। ह त्या र बला त्कारका अ पराधीलाई कानुनी कठघरामा ल्याउन प्रहरी र गृहमन्त्रालय सफल रहेको पनि उनले जिकिर गरे ।

तर गृहमन्त्रीले नै यस्ता घटना भइरहन्छन् । सरकार नियन्त्रण गर्न सक्दैन भन्दा त्यो पदमा बसेर ओकलेका हल्का शब्दले नागरिकमा खिन्नता भने अवश्य बढुयो । उनले भने हिजोको सरकारको पालामा भएका घटना थिए, हिजो पनि ल्याउन सकिएन र आज पनि गाह्रो छ, उनले भने, १३ वर्षपछि पनि अ पराधी कानुनको कठघरामा ल्याएका छौँ।

अमेरिकामा पनि यस्ता अ पराधीलाई कानुनको कठघरामा ल्याउन सकेका छैनन्। निर्मलाका अ पराधीलाई कानुनको कठघरामा ल्याउन सरकार कटिबद्ध रहेको बताउँदै समय भने लाग्ने स्पष्ट पारे । त्यो प्रकरणमा विभिन्‍न आयोगले दिएका प्रतिवेदन कार्यान्वयनमा गएका छन्, उनले भने। अर्को विषयमा बोल्दै उनले सिन्डिकेट र सुन त स्करी आर्थिक अ पराध नियन्त्रण गर्नेमा सरकार लागेको बताए। यसमा हामी सक्षम रहेका छौँ। सुन त स्करीको संजाल तोडिएको छ।

योभन्दा पहिलेजस्तो थोक थोकमा त स्करी हुँदैन, उनले भने, सीमामा हुने त स्करी रोकेर राजश्वमा गुणात्मक वृद्धि भएको छ। अध्यागमनबाट सुन त स्करी र मानव त स्करी कम भएको छ। गृहमनत्री थापाले विदेशमा मानव त स्करी कम भएको पनि जिकिर गरे। मदिरा नियन्त्रण निर्देशिका मन्त्रिपरिषद्‍बाट पारित गर्ने क्रममा छौ।

काम नगर्ने ठेकेदारलाई नियन्त्रण गर्ने काम भएको छ, उनले भने, यो आर्थिक अ पराधका रूपमा गइरहेको छ । अहिले १८ सय ठेकेदारको नाम अख्तियारमा गएको छ। उसले पनि काम गरिरहेको छ। गृहमन्त्री थापाले अब ४–४ महिनामा प्रधानमन्त्रीलाई गृहमन्त्रालयको प्रगति समीक्षा बुझाउने जानकारी पनि दिएका थिए ।

सम्बन्धित खबरहरु