काठमाडौ । कृषिप्रधान देश नेपालमा पहिलो पटक कृषकहरुलाई प्रोत्साहनसगैँ उनीहरुको क्षमताको कदर गर्ने उद्देश्यसहित “राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६” प्रदान गरिने भएको छ । “शिखर नेपालको राष्ट्रिय अभियान – कृषकहरुको सम्मान” भन्ने नारासहित आगामी साउन २६ गते एक भव्य समारोहका विच ७ प्रदेशका ७ जनालाई “राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६” बाट नगद पुरस्कारसहित अर्वाड प्रदान गरिने भएको हो ।

कृषि तथा पशुपंछि विकास मन्त्रालयको समन्वयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पुशपंछी विभागको सकृयता विगत १ दशकदेखि समाजिक सेवा लोकप्रिय संस्था शिखर नेपालको आयोजना सो अर्वाड प्रदान गरिन लागेको हो ।

जसका लागि कृषि तथा पशुपंछि विकास मन्त्रालयको समन्वयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पुशपंछी विभागको सकृयतामा मुलुकभरका कृयाशिल कृषकहरुको संकलित आवेदनलाई विज्ञ निर्णायक समितिले अध्ययन गरी मूल्यांकन गरि सातै प्रदेश बाट उत्कृष्ट ५-५ जना कृषकहरुको नामावली सार्वजनिक गरेको शिखर नेपालका अध्यक्ष शेखर खनालले बताउनु भयो । एउटा प्रदेशबाट २२ देखी ४२ जना कृषकहरुको काम क्षमता, फर्म र उनीहरुको प्रगतिलाई हेरर उत्कृष्ट ५ जनाबाट पनि सर्वोकृष्ट १ जना छनोट गर्न लागेको उनले बताए ।

“मुलुकमा कृयाशिल कृषकहरुको प्रोत्साहन बढाउनुपर्ने अहिलेको आवश्यकता छ अध्यक्ष खनालले भन्नुभयो, । मुलुकका सात वटै प्रदेशबाट ५÷५ जना प्रतिष्पर्धी कृषकहरुको योग्यता, क्षमता, दक्षता र व्यवसायीक सफलताको मापन गर्दै निर्णायक समितिको मूल्यांकनका आधारमा नै यो नामावली प्रकाशन गरिएको छ । ”
राष्ट्रिय सभा गृहमा उत्कृष्ट कृषक घोषणा कार्यक्रम गरिने समेत अध्यक्ष खनालले बताउनु भयो ।

सोही दिन “राष्ट्रिय शिखर अनर अवार्ड–२०७६” बाट पनि विभिन्न १२ वटा विधामा १२ जना विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।
शिखर नेपाल २०६४ सालदेखि विभिन्न विधामा विभिन्न सम्मान तथा अर्वाड निरन्तर रुपमा गर्दै आएको छ ।

“शिखर नेपालको राष्ट्रिय अभियान – कृषकहरुको सम्मान” मुलुकका समग्र कृषकहरुको योगदानको उच्च मूल्यांकन गर्न, आयोजना गर्न लागिएको “राष्ट्रिय शिखर कृषक अवार्ड – २०७६”

  • सर्वोत्कृष्ट – ५ प्रतिष्पर्धी कृषकहरु
  • सर्वोत्कृष्ट कुषकहरु (सात प्रदेश ५/५ सर्वोत्कृष्ट कृषकहरु)
  • “शिखर नेपालको राष्ट्रिय अभियान – कृषकहरुको सम्मान”
  • मुलुकका समग्र कृषकहरुको योगदानको उच्च मूल्यांकन गर्न
    आयोजना गर्न लागिएको “राष्ट्रिय शिखर कृषक अवार्ड – २०७६”

सर्वोत्कृष्ट – ५ प्रतिष्पर्धी कृषकहरु – सर्वोत्कृष्ट कुषकहरु (सात प्रदेश ५-५ सर्वोत्कृष्ट कृषकहरु)

  • प्रदेश नं. १
  • झापा विशाल राई मत्स्य बिर्तामोड–१० विशाल कृषि फर्म
  • सुनसरी पुण्य बहादुर राई अदुवा धरान–८ किँरातेश्वर कृषि सहकारी
  • उदयपुर तोय बहादुर ठकुरी सुन्तला ताप्ली–१
  • सुनसरी राम पौडेल मत्स्य इनरुवा–१ आर.एन.आर.एग्रो
  • तेह्रथुम सविन भट्टराई गाई छथर–१ भट्टराई गाइ फर्म
  • प्रदेश नं. २
  • पर्सा राम आशिष प्र. नुनिया तरकारी बहुदरामाई–६
  • सप्तरी पुरुषोत्तम अर्याल गाई अग्नीसाहिर शुभलक्ष्मी व्य. पशुपालन
  • पर्सा अवधेश प्र. कुशवाह तरकारी बहुदरामाई–५
  • सिराहा भुटाई चौधरी मत्स्य लहान–११ शुलभ मत्स्य प्रजनन फर्म
  • बारा जंग बहादुर शाह मत्स्य बोधवन
  • प्रदेश नं. ३
  • धादिङ नवराज आचार्य बाख्रा धार्के–१ बाग्मती गोट सिड्स
  • सिन्धुली सुकमाया तामाङ्ग घाँस
  • चितवन लक्ष्मी राना कुखुरा आशा पोल्ट्री फर्म
  • चितवन शंकर÷वृद्धि÷मिन केरा खैरहनी–१२ ए.वि.एस. केरा फर्म
  • दोलखा पाशाङ्ग तेन्जी शेर्पा किवि जिरी–२
  • प्रदेश नं. ४
  • कास्की लक्षीन गुरुङ्ग मत्स्य माछापुच्छ्रे–२ गण्डकी रेन्वो ट्राउट
  • बाग्लुङ्ग चिरन कुमार घर्ती तरकारी ढोरपाटन–८ ढोरपाटन नमुना कृषि फर्म
  • गोरखा भगवती थापा सुन्तला लखन थापा–२
  • कास्की इन्द्र गौचन मत्स्य माछापुच्छे्र–२ अन्नपूर्ण ट्राउन अनुसन्धान केन्द्र
  • कास्की घनश्याम तिमिल्सिना गाई पोखरा–२५ हेम्जा गाई फर्म
  • प्रदेश नं. ५
  • रोल्पा हिराकुमारी घले मकै÷सहकारी रोल्पा न.पा.–३
  • प्युठान दल बहादुर खत्री बाख्रा माण्डवी–२ लेकाली व्य. बाख्रापालन
  • कपिलवस्तु पशुपति बढई विउ÷खाद्यन्न क.न.पा.–८ शिवम् बहुउद्देश्यीय कृषि सहकारी
  • अर्घाखाँची मुकुन्दहरी÷इश्वरचन्द्र पोखरेल गाई÷भैंसी÷कुखुरा भुमिकास्थान–९ शिवचौर बहुउद्देश्यीय
  • बाँके शारदा शर्मा गाई कोहलपुर–१२ शारदा श्रृजनशिल गाई फर्म
  • प्रदेश नं. ६
  • दैलेख दिपेन्द्र ब. मल्ल सुन्तला दुल्लु –११ मल्ल फलफूल तथा तरकारी फर्म
  • दैलेख जगत ब. पन्त सुन्तला दुल्लु–११ कालिका सुन्तला फर्म
  • पश्चीम रुकुम डिल्ली ब. नाथ भैंसी बाँफीकोट–२ डाँफे भैंसी पालन फर्म
  • जुम्ला रामकृष्ण बु.. थापा स्याउ चन्दननाथ–२
  • दैलेख अमर ब. भण्डारी सुन्तला दुल्लु –६ भण्डारी सुन्तला फर्म
  • प्रदेश नं. ७
  • कैलाली ठगुनीदेवी चौधरी मत्स्य घोडाघोडी–१ कार्प ह्याचरी
  • कैलाली लक्ष्मण पन्त मत्स्य
  • डडेलधुरा रुद्र बहादुर ऐर तरकारी अमरगढी–१ शिवलिङ्ग बहुउद्देश्यीय कृषक फर्म
  • कंचनपुर सोवरण राना मत्स्य बेलौरी–२ महेश फिस फर्म
  • कैलाली भक्त ब. चौधरी मत्स्य धनगढी–५

सम्बन्धित खबरहरु