सम्झना पौडेल । समाजमा महिला मात्रै छैनन् । पुरुष पनि छन् । सबै मान्छे एकै हुँदैनन् । नारी पनि सबै एकै हुँदैनन् न त पुरुषहरु नै एकनासका हुन्छन् । गाउँ र सहरको बीचमा फरक बिचार तथा चेतनाका धर्काहरु कोरिएका छन् । त्यस्तै पुरुष र महिलाका बिचमा पनि फरक बिचार तथा चेतनाका धर्काहरु कोरिएका छन् । ति धर्काहरु मेट्न हामीले कहिल्यै आवाज उठाएनौ । हाम्रो समाजको चेतनास्तर कति छ हामी आफैले नाप्न सक्छौ । आखिर समस्या कहाँ छ ? सोचाइमा ? नितिमा या नियतमा ? चित्रमा या चरित्रमा ?

आजको समाजमा नैतिकताको खडेरी परेको छ । हिजोको दिनमा हिं साहरु महिलालाई मात्रै हुन्छ भनेर भनिरहदाँ आजको दिनमा पुरुषहरुले पनि आफुमाथि भएको हिं साबारे समाजमा कुरा हुनुपर्ने आवाज उठाउँदै आएका छन् । महिलाहरुले महिला दिवस भनेर बर्षैपिच्चे मनाउने तर पुरुषले मनाउन किन नहुने भन्दै पुरुषहरु पनि आवाज सहित सडकमा निस्कन थालेका छन् । गएको बर्ष नेपालमा पनि पहिलो पटक पुरुष दिवस मनाइएको थियो । २०७५ मंसिर ३ मा स्वतन्त्र युवाहरुको समूहले नेपालमा पनि पहिलो पटक अन्तराष्ट्रिय पुरुष दिवस २०१८ मनाएका थिए ।

सबै पुरुषहरु हिं सालु र ब लात्कारी हुँदैनन् । पुरुषहरुलाई असल र आदर्शपुरुष बन्नका लागि उत्प्रेरणा दिन आवश्यक भएको र बालक तथा किशोरमाथि भइरहेको यौन दुव्र्यवहारका समस्या समाजमा लुकेर रहेकाले त्यसलाई उजागर गर्नु पर्ने उद्देश्यका साथ पुरुष दिवस मनाइएको थियो । पुरुष दिवस महिलाको अधिकारलाई संकुचित पार्नका लागि नभइ महिलाको अधिकार हनन् नगर्न पुरुषहरुलाई प्रोत्साहित गर्नको लागि भएको धेरै पुरुषको आवाज थियो ।

धेरै मध्य थोरैलाई मात्र थाहा भएको सो दिवसले घरेलु हिं सामा परेका पुरुषलाई पक्कै पनि झस्कायो होला । हुनत एकदिन नारी दिवस र एक दिन पुरुष दिवस मनाएकै भरमा समाजमा परिवर्तन आउँदैन । नारी र पुरुष सबैका लागि ३६५ दिन नै दिवस हुन् । तर कुनै एक दिन उनीहरुलाई लागि छुट्याउनु भनेको सरकारले उनीहरुको सहभागिता र आवश्यकतालाई सम्बोधन गरेको भनी हामीले बुझ्नुपर्छ ।

नेपालको कानुनले महिलालाई जबरजस्ती करणी गरे जस्तो सजाय हुन्छ पुरुषमाथि भएपनि उस्तै दण्डको व्यवस्था गरेको छ–छैन यो बिषय धेरैलाई थाहा नभएको कुरा हो । हुनत नेपालमा पुरुषमाथि हुने हिं सा र दुव्र्यवहारको कुनै तथ्यांक छैन । तर हामीले समय–समयमा पुरुष हिं साका घटनाहरु नदेखेको पक्कै होइन । यो बिचमा नेपालमा झण्डै एक चौथाई पुरुषहरु हिं सा र दुव्र्यवहारको शिकार हुने गरेको एक तथ्यांकले देखाएको छ ।

घरेलु हिं सासम्बन्धी उजुरीमा पुरुषले महिलामाथि गरेको विभेद, कुट पिट र यातना दिएको पाइन्छ । महिलामाथि महिलाले गरेका भेदभाव, कुट पिट र यातना दिएका घटना पनि हाम्रो समाजमा धेरै छन् । महिलाबाट पीडित पुरुषहले घटना सार्वजनिक नगरे पनि उनीहरु न्याय खोज्दै सरकारी कार्यालय र संघ संस्थाहरुमा धाउन थालेका छन् । सकारी निकाय र संघ संस्थामा न्यायका लागि पुग्ने पुरुषहरुले पत्नीले खान लाउन नदिने, काममा जोताउनेदेखि घर निकाला गरेका सम्म छन् ।

अहिले सम्बन्ध बिच्छेद गर्न मुद्दा दिने पुरुषको संख्या पनि बढेको छ । घरको आर्थिक अवस्था कमजोर भएकाले विदेश पठाएकी पत्नीको धन कमाएर लोग्ने घर आउँदा सम्म धन कुम्लाएर अन्तै सुइकुच्चा ठोकेका घटनाहरु पनि प्रशस्तै छन् । कतिपय शहरीया महिला गाँउले घरमा पर्दा रबाफ र माइतिको धाक देखाउदै विना कारण झगडा गर्ने, डिभोर्स माग्ने कुराहरु पनि बढ्दै गएका छन् । यस्ले समाजमा पक्कै पनि राम्रो गर्दैन । कतिपय भने माइत गएर लामो समयसम्म बस्ने डिभोर्स पनि नदिने अर्को बिहे पनि गर्न नदिनुले पनि पुरुष प्रति हिं सा भएको देखिन्छ ।

हिं सामा परेका पुरुषहरुको गुनासो हेर्ने हो भने वैदेशिक रोजगारीमा गएका पत्नीहरुले दिएका यातना बढी छन् । दिनउुँ भिडियो कलमा आइजो भन्ने उता लोग्ने के काममा ब्यस्त छ कलमा नआएदेखि रिसाउने, घुर्की लगाउने अर्कैसँग सल्किस भनेर निउँ खोज्ने गरेको पनि धेरै पुरुषको भोगाई हो । त्यस्तै माइतबाट दाइजो बढी ल्याएका र कमाई बढी भएका महिलाका पति धेरै पीडित भएको पाइन्छ ।

यातना दिँदा पनि सहेका पतिले नछाडेपछि उल्टै महिलाले आफू हिं सामा परेको उजुरी दिने गरेका छन् । काठमाडौंमा ठेलागाडा चलाउने हरी मोक्तान (नाम परिवर्तन) पनि लामो समयदेखि हिं सा सहन बाध्य छन् । ज्याला मजदुरीले जीविकोपार्जन गर्दै आएका मोक्तान पत्नीको व्यवहारले घरको न घाटको भएका छन् । पत्नी लामो समयदेखि माइतमा गएर बसेको उनको गुनासो छ ।

अब के गर्ने कहाँ गएर आफ्नो समस्या भन्ने उनलाई निकै गाह्रो भएको छ । पत्नीपीडित पुरुषहरु हिं सा असह्य भएपछि क्रमश खुल्न थालेका छन् । पुरुषप्रधान देश भएकै कारण सामाजिक इज्जत र प्रतिष्ठाको कारण पनि पीडित पुरुषहरु खुलेर आउन समाजमा आउन सकेका छैनन् । बिहे गरेको एक दुई बर्ष मात्र पनि पुगेको हुँदैन पारिवारिक कलह निकालिन्छ र डिभोर्स दिइन्छ । न त त्यो परिवारमा महिलाले कुनै योगदान नै गरेका हुन्छन् । न त पतिले कमाएको धनमा उनको साथ नै हुन्छ ।

सम्पति कै लागि बिहे गर्ने र एकदुई बर्षमा छुटने परिपाटी पनि अहिलेको डरलाग्दो समस्या हो । पहिलो पतिबाट छुटिएर अर्कोसँग जाने पनि समाजमा नभएका हैनन् । दिनभर अफिसको काममा बिजि भएर साझँ घर आउदाँ केही समय ढिलो भयो भने खोजी गर्नु, उसका सहकर्मीलाई फोन गरेर बुझ्नुले पनि पुरुष प्रतिको हिं सा झल्काउन्छ । श्रीमानले अफिसबाट कमाउने रकम कति हो ? त्यसलाई कसरी ब्यवस्थापन गर्ने ? नबुझिकन नै धेरै पैसा माग्ने, दिनभर साथीहरुसँग घुम्न जाने सहरीया महिलाहरुले पनि धेरै हिं सा पुरुषलाई गरेको देखिन्छ ।

अहिले सहरमा पति विदेश गएका महिलाहरु धेरै बच्चा पढाउने बहानामा बसेका हुन्छन् । बिना काम बिहान ९ बजे बच्चा स्कुलमा पठायो ५ बजेसम्म कोठामा त्यतिकै बस्नुले गाउँमा जनसंख्या कम हुनु सहरमा जनघनत्व बढाएको छ । उदाहरणको लागि काठमाडौँ मै लोग्नेसँग बस्ने महिलाहरु पनि लोग्नेलाई काममा पठाएर घरमै बिना काम बसेका हुन्छन् । अब सरकारले पनि बिना काम सहरमा बस्ने महिला वा पुरुष जो कोहीलाई गाउँ र्फिता गर्नु आवश्यक छ । एक त यसले जनघनत्व बढाएको छ, अर्को तर्फ प्रदुषण ।

नेपाली उखान नै छ खालि दिमाख सैतानको बास खासगरी एकजना मात्र काम गर्ने एकजना घरमा बस्नुले बढी हिं सा भएको देखिन्छ । हुनत हिं साको कारक एकजनामात्र कदापी हुन सक्दैन । पुरुष हिं सा भएको ठाउमा महिलाले बढि थिचोरेको महिलाहिं सा भएको ठाउँमा पुरुषले बढी थिचोरेको पाइन्छ । अब यी र यस्ता बहसको निकर्ष निकाल्नु आवश्यक छ । न महिला न पुरुष हिं सा रहित समाजको निमार्ण नै आजको आवश्यकता हो । यस बिषयमा पुरुषले पुरुषको र महिलाले महिलाको पक्षबाट धारणा दिनुभन्दा पनि अन्याय र सत्यको पक्षमा बोलौं । तपाई र हामी सबैको घरमा हुने न पुरुष न महिला हिं सा कुनैपनि हिं सालाई प्रसय नदिऔँ ।

सम्बन्धित खबरहरु