काठमाडौं । दक्षिण कोरिया र रुसका बीचमा सम्बन्धमा दरार आउँने देखिएको छ । कोरियाले रुसी ए–५० सैनिक विमानले आफ्नो आकाशमा बिनाअनुमति प्रवेश गरेपछि चेतावनी स्वरूप गो ली प्रहार गरेको बताएको छ । रक्षा मन्त्रालयका अधिकारीहरूले जापानले आफ्नो भूभाग दाबी गर्ने कोरियाको डोक्डो–ताकेशीमा टापुमाथि सो विमान उडेको बताएका छन् । दक्षिण कोरियाले लडाकु विमानहरू जम्मा गरेको र सो विमानलाई चेतावनी दिन झिल्काहरू खसालेको र गो ली प्रहार गरेको बताएको छ ।

रुसी विमान केही मिनेटपछि फर्कदा पनि केही गो ली प्रहार गरिएको थियो । रुस र दक्षिण कोरियाबीचको यो यस्तो खालको पहिलो घटना हो । मस्कोले आफ्नो विमानले अन्तर्राष्ट्रिय आकाशमा अभ्यास गरेको बताउँदै दक्षिण कोरियाको आकाशमा उडेको कुरा गलत भएको बताएको छ । दक्षिण कोरियाली सेनाका अनुसार तीन रुसी र दुई चिनियाँ सैनिक विमान कोरियाको पूर्वअनुमति आवश्यक पर्ने आकाशमा मङ्गलवार बिहान प्रवेश गरेका थिए ।

हालैका वर्षहरूमा सो स्थानमा रुसी र चिनियाँ लडाकु विमानहरू पसेको घटनाहरू भएका छन् । तर तीमध्येको एउटा विमान कोरियाली भूभागमाथिको आकाशमा प्रवेश गरेको थियो । दक्षिण कोरियाका एफ९१५के र एफ९१६के विमानहरूले सो विमानलाई चेतावनी दिएका थिए । दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा कार्यालय, नेशनल सेक्युरिटी अफिस, का प्रमुख चुङ इयु९योङले रुसको सुरक्षा परिषद्लाई यससम्बन्धमा आवश्यक कदम चाल्न भनेका छन् ।

उनले भनेका छन्, ‘यो अवस्थाका बारेमा हामी धेरै गम्भीर छौँ र यो फेरी दोहरियो भने कडा कदम चाल्नेछौँ ।’ चीनले यससम्बन्धमा कुनै प्रतिक्रिया दिएको छैन । अहिले अमेरिका र इरानका बीचमा पनि सम्बन्धमा घटपट देखिएको छ । दक्षिण कोरिया र रुसका बीचमा देखिएको यो सम्बन्धको असर त्यहाँ भएका विदेशीहरुमा पनि पर्न सक्ने बताइएको छ ।

सम्बन्धित खबरहरु