काठमाडौ । सरकारले साउन १ देखि लागु गरेको तलबमा अनिवार्य प्यान र ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस) को नियमलाई तीन महिना पर सारेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल घरेलु उद्योग महासंघको टोलीसँग यो व्यवस्था कार्यान्वयन गर्नको सरकारले तीन महिनाको समय थप गरेको जानकारी दिएका छन् ।

अर्थमन्त्रीसँगको भेटपछि महासंघले जारी गरेको विज्ञप्तीमा तीन महिनासम्म अहिलेको व्यवस्था लागु गर्दा कुनै कारवाही नहुँने अर्थमन्त्रीले प्रतिबद्धता जनाएको उल्लेख छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

 अर्थमन्त्री डा युवराज खतिवडाले प्यान, बैंक खातामार्फत तलब भुक्तानी, भिसिटिएस लगायतका अहिलेका नियमहरु केही समयका लागि लागु गर्न के कस्तो तयारी गर्नुपर्छ कार्यदलमार्फत सम्बोधन गरिने बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीसँग अर्थमन्त्रालयमा आयोजित अन्तरक्रियामा बोल्दै उनले अहिलेका प्रावधानहरु एकै पटक आएकाले समस्या जस्तो देखिएको भन्दै अर्थमन्त्री खतिवडाले यी प्रावधानहरु लागू गर्न मन्त्रालयले परीक्षण तथा प्रवद्र्धनको समय राखेको बताए ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु