काठमाडौ । सिंगापुरमा जारी टी–२० विश्वकपको एशिया छनोटमा नेपाल मलेसियामाथी जित नजिक पुगेको छ । मलेसियाले नेपाललाई ८४ रनको चुनौति दिएको थियो । वर्षाले प्रभावित बनाएपछि ९ ओभरमा घटाइएको खेलमा मलेसियाले ७ विकेटको क्षतिमा ८३ रन बनाएको हो ।

चुनौती पुरा गर्न ब्याटिङमा उत्रिएको नेपालले ५ ओभर १ बलको समाप्तिमा बिना कुनै विकेटको क्षतिमा ६६ रन बनाएको छ । टस हारेर ब्याटिङ थालेको मलेसियाका लागि सेयद अजिजले ३० रन बनाए । यस्तै भिरन्दीप सिंहले २१ रन बनाए। त्यसक्रममा उनले १७ बलमा एक चौका र एक छक्का हाने ।

यस्तै कप्तान अहमेद फेजले ९ रन जोडे । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने वसन्त रेग्मीले २ विकेट लिए । सन्दीप लामिछाने र करण केसीले समान १-१ विकेट लिए।

८४ रनको विजयी लक्ष्यसहित नेपालले ब्याटिङ गरिरहेको छ। ज्ञानेन्द्र मल्लले ५ चौक र ३ छक्का प्रहार गरेर २० बलमा नै ५१ रन जोडेर नेपाललाई जितको सम्भावना दिलाएका छन् । खेलमा प्रदिप ऐरीले १२ बलमा ११ रन जोडेका छन् ।

सम्बन्धित खबरहरु