काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता योगेश भट्टराईले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई कार्यविभाजनका लागि उपयुक्त सुझाव दिएका छन् । उनले विवाद मुक्त र कुनै सकस नपर्नेगरी कार्यविभाजन गर्ने हो भने यी ५ तरिका अपनाउँनुहोस् भन्दै ५ तरिका प्रस्तुत गरेका छन् ।

स्थायी कमिटी सदस्य तथा सांसद समेत रहेका नेता भट्टराईले पाँच सुझाव आफ्नो फेसबुकमा पोष्ट गरेका छन् । नेकपामा स्कुल विभागमा तीन नेताले दाबी गरेसँगै कार्यविभाजन हुन सकिरहेको छैन। सचिवालय सदस्यद्वय नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेल तथा स्थायी कमिटी सदस्य घनश्याम भुषालले उक्त विभागको नेतृत्त्व आफूले गर्न पाउनुपर्ने माग गरेका छन्।

यसैलाई लिएर अध्यक्षद्वय अनिर्णित बनेका छन्। यसैबीच नेता भट्टराईले सामाजि संजाल फेसबुकबाट अध्यक्षद्वयको ध्यानाकर्षण स्वरुप जिम्मेवारी दिँदा पाँच विषयमा ख्याल गर्न भनेका छन्। योगेशले लेखेका छन् ।

नेकपामा कार्यबिभाजन र जिम्मेवारी बाँडफाडका बारेमा बहस भाईरहेको सन्दर्भमा निम्न बिषयमा नेत्रित्वको ध्यानाकर्षण गर्दछु ।

  • १. कुनै पनि ब्यक्तिलाई उसको योग्यता, क्षमता र रुचीका आधारमा जिम्मेवारी दिऊ ।
  • २. कुनै पनि ब्यक्तिलाई स्थायी रुपमा कुनै जिम्मेवरी नदिऊ । हरेक एक बर्षमा सबैको जिम्मेवारी हेरफेर गरौ ।
  • ३. पार्टीमा भूगोल, बिभाग र फांट गरी कामका तीन क्षेत्र छन । रोटेसनका आधारमा एउटा ब्यक्तिलाई तीन वटै क्षेत्रमा काम गर्ने अबसर दिऊ ।
  • ४. प्रत्येक ब्यक्तिको कार्य मुल्याङ्कनलाई बैज्ञानीक प्रणालीका आधारमा पारदर्शी बनाऊ । हरेक बर्ष ब्यक्तिको मुल्याङ्कन प्रतिबेदन सार्वजनिक गरौ । त्यसका आधारमा पुरस्कृत र दन्डित गर्ने पारीपाटी बसालौ ।
  • ५. कुनै पनि ब्यक्तिलाई तोकिएको जिम्मेवारी उसलाई बिर्ताका रुपमा दिएको होईन भन्ने कुरा बुझौ र बुझाऔ ।

सम्बन्धित खबरहरु