कोलोराडो (अमेरिका) । भनिन्छ टीम वर्क भयो भने असम्भवपनि सम्भव तुल्याउँन सकिन्छ । अमेरिकाको कोलोराडोका मैलनी नैक्ट र ट्रेवर हनले यो भनाईलाई प्रमाणित गरिएका छन् ।

तस्वीरमैपनि देख्न सकिन्छ मैलनी हिँड्न सक्दिनन् । ट्रेवर देख्न सक्दैनन् । यसका बावजूदपनि दुबै कोलोराडोको उच्च पहाड चढ्न सकेका छन् । अब दुबै १४००० फीट उचाईको हिमाल चढ्ने योजनामा छन् ।

मैलनीले पोस्टमा लेखेकी छिन् उनको (ट्रेवर) सँग खुट्टा छ र मसँग आँखा । यही नै हाम्रो ड्रीम टीम हो । पछिल्लो पटक दुबै कालोराडोको पहाड चढेर घुमफिर गरेका छन् । यो यात्रामा ट्रेवर मैलनीलाई एक पछाडी बोक्न मिल्ने कुर्सीमा पीठ राखेर बोक्दै हिँडेका छन् । मैलनीले भनेकी छिन् अब हामी दुबैबीच गज्जबको तालमेल छ ।

म ट्रेवर लाई दृष्यको डिस्क्राइब गरिदिन्छु । मैले भने अनुसार उनी अघि बढ्छन् । म अहिलेसम्मको जीन्दगी पुरै व्हीलचेयरमा मात्र थिए । यस खालको पहाड आफ्नै आँखाले देख्नु मेरो कल्पना त के सपनापनि थिएन । तर अहिले मेरो जीवनको सबैभन्दा राम्रो दिन आएको छ ।

मैलनी बच्चादेखि नै स्पाइना बिफिडा (पछाडीको हड्डी विकसित नभएको) कारण उनी हिँडडुल गर्न नसक्ने भइन् । यसैले उनको साहारा व्हीलचेयर मात्र थियो । ट्रेवरको आँखाको दृष्टि भने प्रकाशको ग्लूको का कारण गुम्यो । यसैले उनीपनि एक ठाउँमात्र बस्न बाध्य भएका थिए । तर अब दुबै साथ–साथ हाइकिंग जान थालेका छन् । उनीहरु अब भन्न थालेका छन् अब हामी दुबै एकै हो ।

हाम्रो पैताला अब दुबैका लागि एकै छ । हाम्रो आँखा एक अर्काका साझा भइसकेका छन् । उनीहरु दुबैको मौका भेटभने एडेप्टिव एक्सरसाइज क्लासेसमा भएको थियो । यसपछि उनीहरु दुबै ट्रैकिंग सँगै यसरी नै गर्ने निर्णयमा पुगेका थिए । सो अनुसार अहिले उनीहरुको जीन्दगी चलिरहेका छन् । अहिले दुनियाँभरीका मिडियाले उनीहरुलाई संसारकै नमुना जोडीको रुपमा प्रस्तुत गरिरहेका छन् ।

 

सम्बन्धित खबरहरु