काठमाडौं । पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा अहिले निकै चर्चामा रहेको नाम हो । उनी सामाजिक सञ्जालमा आएका तस्बिरहरुका कारण पनि चर्चामा आएकी थिइन । उनै खतिवडाले पश्चिम युरोपको सर्वोच्च शिखर मोन्ट ब्ल्यांकको सफल आरोहण आरोहण गर्न सफल भएकी छिन । फ्रान्स र नेपालको मैत्री सम्बन्धको अवसरमा जुलाई १५ देखि फ्रान्स भ्रमणमा गएकी उनले हिमाल चढेको बताइएको छ ।

भ्रमणका अवसरमा युरोपको सबै भन्दा ठुलो हिमाल आरोहण गरेर नेपाललाई चिनाउनु सफल भएकोमा उनलाई गर्व लागेको छ । खतिवडाले हिमाल चढेर नेपालको झण्डा समेत सफलता पूर्वक चुचुरोमा फहराएको देख्न सकिन्छ । नेपाल फ्रान्सबिचको कुटनीतिक सम्बन्ध ७० वर्ष पुगेको अवसरमा नेपालस्थित फ्रान्सेली दुतावासले खतिवडालाई ‘गुडविल एम्बासडर’ नियुक्त गरेर हिमाल आरोहणको ब्यबस्था मिलाएको थियो ।

निकै कठिनका साथ हिमाल आरोहण गरेर नेपाल र फ्रान्सको झण्डा गाडेर हिजो उनीसहितको टोली हिजो मात्र फर्कीएका छन् । नेपाललाई विश्वसामु चिनाउन र नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न पनि हिमाल आरोहण गरेको श्रृङ्खलाकी आमा मुनु सिग्देलको बुझाई रहेको छ ।

युरोप भ्रमणको डेढ महिनाको कार्यतालिका अनुसार फ्रान्समा हिमाल चढेर फर्कीएपछी अमेरीका जाने र युरोपका विभिन्न देशको भ्रमण गर्ने कार्यक्रम रहेको छ । सेतो हिमालको नामले समेत चिनिने यो हिमालको उचाई ४ हजार ८ सय ८ मिटरको छ । इटाली र फ्रान्सको बीचमा पर्ने यो हिमाल विश्वकै अग्ला हिमालहरु मध्ये ११ औं स्थानमा पर्छ । नयाँ–नयाँ तथा रोचक भिडियो हेर्न चाहानुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु