मुम्बई । विश्व कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्न नसकेको आरोप खेप्दै आएका भारतीय क्रिकेट टिमका पुर्व कप्तान महेन्द्रसिंह धोनीले भारतीय सेनामा काम गर्ने भएका छन् । उनी काश्मिर स्थित पाकिस्तानसँगको सीमा क्षेत्रमा भारतीय सेनासँगै गस्ती गर्ने भएका हुन् । दुई महिनाको लागि उनी सीमास्थित सैनिकहरुसँगै तालिम लिन समेत छनोट भइसकेका छन् । सेनाको मानार्थ कर्नेल उपाधि पाइसकेका धोनीले यसअघि नै सेना समक्ष आफू पनि सीमामा ड्युटी गर्न पाउँ भन्दै आग्रह गरेका थिए ।

सेनाले स्वीकृति दिएपछि अब धोनीले ‘प्यारासुट रेजिमेन्ट बटालियन’का सैनिक सँगै तालिम लिने छन् । उक्त तालिमको एक हिस्सा काश्मिर उपत्यकामा पनि हुने भएको हो । तर धोनीले सैनिकहरुले झैँ अपरेशनमै भाग लिनु पर्नेछैन । क्रिकेटर धोनीलाई २०११ मा त्यहाँको सेनाले मानार्थ कर्नेलको उपाधिले सम्मान गरेको थियो । नयाँ–नयाँ तथा रोचक भिडियो हेर्न चाहानुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु