लगातारको वर्षापछि आएको पहिरोले लियो १५ जनाको ज्यान ३० भन्दा धेरै वेपत्ता


काठमाडौं । लगातारको वर्षापछि आएको पहिरोसँगै २१ घर पुरिँदा १५ जनाको मृत्यु भएको छ भने ३० बेपत्ता भएका छन् । चीनको दक्षिणपश्चिमी क्षेत्रमा रहेको गुइजोउ प्रान्तका पहिरोमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको हो । स्थानीय समयानुसार बिहान ८ बजेसम्म १५ जनाको शव फेला परेको र अन्य ११ जनालाई उद्धार गरिएको छ ।

अझै ३० जना वेपत्ता रहेका छन् । राति ९ः२० बजे पहिरो खसेकाले २१ वटा घर डुबानमा परेको र ५० भन्दा बढी मानिस त्यहाँ फसेको उद्धारकर्ताहरूले जानकारी दिएका छन् । बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको उद्धारकर्ताहरूले बताएका छन् । उद्धार गरिएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविद्धारा भर्खरै स्नातकोत्तर तहको नतिजा प्रकाशित [नतिजासहित]
त्रिविमा उत्तरपुस्तिका नै साटेपछि…
उच्च शिक्षाका लागि त्रिविले यति धेरै संख्यामा खुलायो छात्राबृत्तिको आवेदन
शिक्षक सेवा आयोग : आन्तरिक तर्फ नतिजा प्रकाशित
एसइई परीक्षाको रुटीन प्रकाशित [समयतालिका सहित]
हाम्रो सरकार

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग


एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता

सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने

‘छोरा साउदी जेलमै सड्ने भयो’, ‘व्लड मनी’ जुटाइदिन सहयोग गरिदिनुहोस

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल