काठमाडौं । अहिले विज्ञान र प्रविधिको युग हो । अहिले स्मार्ट फोट सबैको हातमा लगभग हुन्छ । मोबाइलको धेरै प्रयोग गर्ने गर्नाले स्वास्थ्यमा गम्भीर खालको असर देखिने विज्ञहरु बताउँदै आइरहेका छन् । यो बीचमा मोटोपना बढाउने एक कारण मोबाइलको अत्यधिक प्रयोग हुनसक्ने देखिएको छ ।

क्यालिफोर्नियाको सिमोन बोलिभोर युनिभर्सिटीको अध्ययनले दिनभर ५ घण्टा प्रयोग गर्दा मोटोपन बढ्ने खतरा ४३ प्रतिशतसम्म बढ्नसक्ने पाइएको छ । अध्ययनमा मोबाइलमा व्यस्त रहँदा शारीरिक गतिविधि नहुनु र धेरै खानेकुरा खानु पनि सामेल छ । अध्ययनमा १ हजार विद्यार्थी सामेल थिए । जुन देखि डिसेम्बर २०१८ मा यो अध्ययन गरिएको थियो ।

सो अध्ययनअनुसार मोबाइल अत्यधिक प्रयोग गर्ने विद्यार्थी पेय पदार्थ, फस्ट फुडलगायतका खाना खान्छन् । साथै अभ्यास कम गर्छन् । यसले मानिसको मेटाबोलिज्म सुस्त हुन थाल्छ र निद्रा नलाग्ने समस्या बढ्छ । जसको कारण तौल बढ्न थाल्छ । शोधकर्ता तथा हृदय रोग विशेषज्ञ प्रोफेसर मिरेरी मेन्टीला–मोरोनका अनुसार अध्ययनमा बिरामिको हातमा भएको मोबाइल स्वास्थ्य बिगार्ने प्रमुख कारण हो ।

लगातार मोटोपना बढ्नुले मुटुको रोग पनि लाग्न सक्छ । अनुसन्धानमा पाइएअनुसार २५ प्रतिशत विद्यार्थी धेरै तौलका थिए । जो प्रतिदिन ५ घण्टाभन्दा बढी समय मोबाइल चलाउँथे । टेक्सासका राइस युनिभर्सिटीका अनुसार फोनको अत्यधिक प्रयोग गर्ने मानिसलाई फास्ट फुड दिने हो भने उनीहरुको आफूमाथिको नियन्त्रण कम हुन्छ । एजेन्सी

सम्बन्धित खबरहरु