काठमाडौ । सन् २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेटको एसियाली छनोटको निर्णायक खेलमा अहिले नेपाल र आयोजक सिंगापुर भिडिरहेका छन्। सिंगापुरले घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको छ। इन्डियन एसोसियसन ग्राउन्डमा भइरहेको खेल जित्ने टोली विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ।

दुवै टोलीले समान ३ खेल खेलिसकेका छन्। अहिलेसम्म सिंगापुरले ५ अंक तथा नेपालले ४ अंक जोडेको छ। दुवै टोलीका लागि महत्वपूर्ण मानिए पनि आजको खेलमा नेपाललाई अघिल्लो चरणमा जान जित अनिवार्य छ। कतारसँगको खेल गुमाएको नेपालले त्यसपछि कुवेत र मलेसियामाथि भने सहज जित हात पारेको थियो। कुवेतसँगको खेल हुन नसकेपछि नम्बर बाँडेको सिंगापुरले बाँकी टोलीहरु मलेसिया र कतारलाई भने पन्छाएको थियो। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । 

सम्बन्धित खबरहरु