काठमाडौं । नेपालमा मात्रै नभई भारतमा पनि बला त्कार एक चुनौतीको रुपमा देखिएको छ । दिनहुँ बला त्कार भएका घटनाहरु बाहिर आउँने गर्दछन् । तर अहिले सार्वजनिक भएको घटना भने अलिक फरक छ । भारतको उत्तर प्रदेशको सीतापुर जिल्लामा एक सरकारी विद्यालय परिसरमा आठ क्लासकी एक विद्यार्थीलाई उसकै काकाका छोराहरूले दुई वर्षसम्म सामूहिक बला त्कार गरेको खुल्न आएको छ ।

 

त्यतिले मात्र नभई उसका शिक्षकहरूले पनि पापी दाइहरूको साथ दिएको बताइएको छ । ती विद्यार्थी पढाइमा राम्रो भएर दाजुहरूभन्दा अब्बल देखिएपछि रिसले जलेर उनीहरूले यस्तो कुकर्म गरेका हुन् । घटनाको भिडियो परिवारको ह्वाट्सयाप ग्रूपमा पठाइएको थियो । त्यसपछि शनिवार किशोरीले उजुरी दर्ता गराइन् र आरोपितहरूका विरुद्ध एफआईआर दर्ज भयो ।

अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन । विगत दुई वर्षमा दाइहरू र शिक्षकले आफ्नो बला त्कार गरेको उजुरीमा लेखिएको छ । एडिसनल एसपी मधुवन कुमार सिंहले यसको बारेमा जानकारी दिएका छन् । प्रारम्भिक अनुसन्धानमा खुलेअनुसार, किशोरीको डाहा गर्ने दाजुहरू उसको पढाइ बिग्रियोस् भन्ने चाहन्थे किनकि उनी सधैं राम्रो अंक ल्याउँथिन् र उनीहरू चाहिँ फेल भइरहन्थे ।

एक प्रहरी अधिकारीले भने, ‘किशोरीलाई बेहोस बनाएर दाजुहरू र शिक्षकले पालैपालो बला त्कार गर्थे र अनि भिडियो पनि बनाउँथे । भिडियो हेरेर मात्र किशोरीले यो कुरा थाहा पाइन् ।’ प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । यो घटना वास्तवमा एक अमानविय घटना हो, यसमा मानविय संमवेदना देखिएको छैन । यस्ता पापीहरुलाई हदैसम्मको कारबाही गर्नुपर्ने आवाजहरु उठ्न थालेका छन् ।

सम्बन्धित खबरहरु