काठमाडौं । पछिल्लो समय प्रविधिको गलत प्रयोगले हाम्रा दैसनक जीवनमा अनेक समस्याहरु ल्याउने गरेको छ । यो बीचमा एउटी फिटनेस मोडलले एक फोटोग्राफरले लुकाइएको क्यामेराबाट उनको नग्न भिडियो बनाएको दावी गरेकी छिन् । मोडलका अनुसार उनी ती फोटोग्राफरलाई वर्षौंदेखि चिन्थिन् । मोडलले ती फोटोग्राफरले अरु पनि महिलाको यस्तो भिडियो बनाएको आरोप लगाएकी छिन् ।

डेलीमेलको समाचार अनुसार अमेरिकाको क्यालिफोर्नियाकी २५ वर्षकी मोडल जोइ क्लोफरले इन्स्टाग्राममा फोटोगफर र भिडियोग्राफर विलियम फ्रान्सिसमाथि आरोप लगाएकी हुन् । क्लोफरका अनुसार मोवाइल फोनको चार्जरजस्तै देखिने क्यामेरा उनको बाथरुममा लगाइएको थियो । जोइले यसरी लुकाइएको क्यामेराबारे थाहा पाइन् र क्यामेराबाट मेमोरी कार्ड निकालेर ल्यापटपमा जोडिन् । जोइका अनुसार त्यो कार्यमा उनी र अन्य महिलाहरुको २५० आपत्तिजनक भिडियो थिए ।

जोइले एउटा भिडियो पनि जारी गरेकी छिन् जुन भिडियोमा कथित रुपमा आरोपी फोटोग्राफर बाथरुममा क्यामेरा फिट गरिरहेको देखिएका छन् । जोइका अनुसार अन्य महिलालाई नग्न रुपमा खिचिनबाट बचाउन र उनीहरुलाई सचेत गराउनको लागि उनले यो खुलासा गरेकी हुन् । उनले लेखिन् ‘मेरो जानकारी र सहमतिबिना मेरो नग्न भिडियो क्यामेरामा कैद गरियो । आरोपी फोटोग्राफर लगातार हाइप्रोफाइल मोडल र सेलिब्रेटीको साथमा शूट गर्छन् ।

यो सूचना सार्वजनिक गरिरहेकी छु ताकि अरु बच्न सकुन् । यो व्यक्तिलाई रोकिनु जरुरी छ ।’ जोइका अनुसार आइफोनको चार्जर झिपझिप गर्दैन तर यो उपकरण झिपझिप गरिरहेको थियो, त्यो देखेर उनले यो क्यामेरा भएको पत्तो पाइन् । जोइ क्यामेरा लिएर न्यूपोर्ट बीच पुलिसमा गएकी थिइन् तर कानुनी कारवाही गरेर फोटोग्राफरलाई रोक्न महिनौं लाग्ने थाहा पाएपछि उनले यो जानकारी शेयर गरेकी हुन् । जोइ फोटोग्राफरविरुद्ध कानुनी मुद्दा हाल्ने तयारीमा छिन् । एजेन्सी

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु