बीबीसी । वालमार्टमा तरबुजा लिइरहेको समयमा घाइते भएका एक व्यक्तिलाई न्यायालयले ८० करोड रुपैयाँ (करिब ७.५ मिलियन डलर) क्षतिपूर्ति दिने आदेश सुनाएको छ । यो घटना अमेरिकाको अलबामा राज्यको हो । सन् २०१५ जुलाई महिनामा हेनरी वाल्करको खुट्टा काठमा अड्किएको थियो, यस्तो घटना एउटा तरबुुजा खरीदको क्रममा भएको थियो ।

सो बेला वाल्करको उमेर ५९ वर्षको थियो । उनले यो बिषयमा फेनिक्स सिटी अदालतमा भनेका थिए कि उनी सो बेला लडेका थिए । वाल्करले यो क्रममा आफ्नो कम्मर र खुटटा भाँचिएको बताएका थिए । तर, वालमार्टले भनेको छ कि उसको स्टोरको डिस्प्ले बिल्कुलै सुरक्षित थियो र उसले त्यसमा कुनै परिवर्तन समेत गर्न गइरहेको छैन ।

वालमार्टले अदालतको यो फैसलाविरुद्ध पुनरावेदन गर्ने जनाएको छ । वाल्कर एक रिटायर्ड आर्मी हुन् । इजलासले २५ लाख डलर मुुआब्जा र ५० लाख डलर सजायको रुपमा दिने फैसला सुनाएको छ । वाल्करका वकिलले भनेका छन् कि यो बिल्कुलै सही फैसला हो, किनभने वालमार्टले यो बिषयलाई बेवास्ता गरेको थियो ।

वाल्करका वकिलका अनुसार वालमार्टलले काठलाई असुरक्षित तरिकाले राखेको थियो । यसमा अरु कसैको पनि खुट्टा फस्न सक्थ्यो । इजलासले यो कुरालाई पनि बढी जोड दिएको छ भने वाल्कर पहिला सातामा तीन दिन बास्केटबल खेल्न सक्थे, तर अब खेल्न सक्दैनन् । वालमार्टले भने वाल्कर घाइते हुनुु पछाडिको कम्पनीको दोष नभई उनको लापरबाही मुख्य कारण थियो । बीबीसीको सहयोगमा

सम्बन्धित खबरहरु