काठमाडौं । छोराले बाबुको ह'त्या गरेका छन् । कैलालीको गोदावरी नगरपालिका–५ मा छोराले आफ्नै बुवाको ह'त्या गरेका हुन् । बर्बाटाका ३० वर्षीय रामसिंह कुमालले चिर्पटले हानेर ६० वर्षीय बुवा अम्बर कुमालको ह'त्या गरेको बताइएको छ । हिजो राति घरायसी विवादका क्रममा छोराले चिर्पट प्रहार गर्दा उहाँको ज्यान गएको हो ।

चिर्पट प्रहारबाट गम्भीर घाइते भएका उहाँलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याइएको थियो । उहाँको उपचारका क्रममा नै ज्यान गएको हो । बुवाको ह'त्यापछि भागेका कुमाललाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु