एजेन्सी । अनुहारमा चाया अथवा पोतो आउनु सबै भन्दा बढी पिरलो मानिन्छ । अनुहारमा आएको कालो दागलाई सामान्य भाषामा चाया वा पोतो भनिन्छ । यो समस्या महिला र पुरुष दुवैमा देखिन सक्छ ।

विभिन्न कारणले अनुहारमा चाया वा पोतो आउन सक्छ । घामको किरणको असर तथा भिटामिन सीको कमीले पनि चाया–पोतो आउने गर्छ । जसले भिटामिन सीको पर्याप्त मात्रामा सेवन गर्छन्, उनीहरुलाई चाया–पोतोले सताउन सक्दैन ।

कतिपय अवस्थामा भने पेटमा भएको खराबीले पनि अनुहारमा चाया आउने गर्छ । त्यसैले पानी एकदमै धेरै पिउनुपर्छ । विहान खाली पेटमा पानी पिउनु फाइदाजनक छ । साथै पेटको समस्या समाधान गर्न डाक्टरसँग सल्लाह लिन सकिन्छ ।

घामको किरणबाट आउने समस्याका कारण अनुहारमा आएको चाया हटाउन घरेलु उपाय अपनाउन सकिन्छ । यी उपाय अपनाउन सके अनुहारको चाया हट्नुका साथै अनुहारमा कान्ति आउँछ ।

यस्ता छन् घरेलु विधि

  • सफा हुने गरी मुख धुने । घ्यु कुमारी अनुहारमा लगाएर १०–१५ मिनेट राख्ने । सुकेपछि हात भिजाएर विस्तारै मसाज गर्ने । करिब ५ मिनेटको मसाजपछि सफा चिसो पानीले पखाल्ने । यो दैनिक दुई पटक गर्नुपर्छ । यसले अनुहारको चाया हटाउन मद्दत गर्छ ।
  • अनुहार मज्जाले धुने अथवा क्लिन्जिङ गर्ने । पुदिनाको पेस्टमा घरेलु रक्सी अथवा रम दुई वा तीन थोपा राखेर घोल्ने । उक्त पेस्टलाई चाया आएको ठाउँमा प्याक लगाउने । १०–१५ मिनेट राखेपछि चिसो पानीले पखालेमा चाया हराउँछ ।
  • स्किन ओइली छ भने बेसार र कागतीको रसको पेस्ट प्याक बनाएर अनुहारमा लगाउन सकिन्छ । तर, स्किन ड्राई छ भनेयो नगर्नु ठीक हुन्छ ।
  • दैनिक तीन पटक सफा पानीले अनुहार धोएर सनस्क्रिन क्रिम लगाएमा घामबाट जोगिन सकिन्छ । गोरो छालामा चाया आउने सम्भावना बढी हुन्छ । तसर्थ गोरो छाला भएकाहरु घामबाट जोगिनु पर्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु