काठमाडौं । सामान्यतया अहिले सवारी चालकले मात्रै अनुमति पत्र (लाइसेन्स ) देखाउँनुपर्ने नियम छ । तर अब सह–चालकले पनि अनुमति पत्र देखाउँनुपर्ने हुनसक्नछ । प्रदेश ३ सरकारले ल्याएको ‘प्रदेश सवारी तथा यातायात ऐन २०७५’ ले सवारीसाधनमा परिचालकको काम गर्ने व्यक्तिले अनिर्वाय रुपमा अनुमति पत्र लिनु पर्ने व्यवस्था गरेको छ ।

उक्त ऐनको परिच्छेद ५मा परिचालक अनुमति पत्र सम्बन्धी व्यवस्था गरिएको छ । ऐनमा उल्लेख भएअनुसार यस्ता परिचालक बन्न चाहने व्यक्ति अठार वर्ष पुगेको, साधारण लेखपढ गर्न जानेको र निरोगिताको प्रमाणपत्र भएको समेत्त हुनुपर्ने बताइएको छ । यी मापदण्ड पुरा भएका मानिसले मात्र परिचालकको काम गर्न पाउने व्यवस्था गर्न लागिएको छ ।

साथै, अनुमति पत्र लिएका परिचालकको हकमा पनि उसले हरेक वर्ष अनिर्वाय रुपमा आफ्नो कार्ड नविकरण गर्नु पर्ने भनिएको छ । पाँच पटकसम्म ट्राफिक नियम उल्घंन गरेमा सवारीसाधनमा काम गर्ने परिचालकको लाईसेन्स स्वतः रद्द गर्ने बताइएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु