काठमाडौं । पछिल्लो समय खुबै चर्चामा रहेको शिल्पा पोखरेल र छवि ओझाको विवाद कम भएको छैन । यो बीचमा उनीहरुको विवाह दर्ता गराएका सचिवको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–८ का वडा सचिव प्रकाश पौडेलको निधन भएको जनाइएको छ । विवाहमा साक्षी बसेकी निर्देशक सम्झना उप्रेती रौनियार र उनका पति अर्थात् सिनियर फोटोग्राफर विकास रौनियारसँगै काठमाडौँ महानगरपालिका–८ का सचिवविरुद्ध अख्तियारमा उजुरी परेको थियो । पौडेलको निधन के कारणले भएको भन्ने बारे भने खुलेकै छैन । लामो समय देखि खोजिकार्य भइरहेका निर्माता ओझा र अभिनेत्री पोखरेल अहिले फरार सुचीमा रहेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु