सल्यान । बनगार कुपिण्डे नगरपालिका-१ घाट गाउँस्थित सोही ठाउँ बस्ने ५५ वर्षिया पिवली माझीको आफ्नै धान कुट्ने मिलमा परी मंगलबार बिहान मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसैगरी दोलखा शैलुङ गाउँपालिका-१ दुधपोखरीस्थित बिक टोलमा बस्ने म बहादुर बिश्वकर्माको घर सोमबार दिउँसो पहिरोले पुरिँदा करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

साथै सोही ठाउँ बस्ने मान बहादुर घतानीको घर समेत सोमबार दिउँसो पहिरोले पुरिँदा करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ ।

सम्बन्धित खबरहरु