काठमाडौं । एक वर्ष देखि चर्चामा रहेको निर्मला पन्तको विषय अहिले पनि अनुसन्धान भइरहेको विषय हो । बला'त्कारपछि ह'त्या गरेको एक बर्ष बित्दा पनि ह'त्यारा प'क्राउ परेको छैन ।

केही प्रमाणहरुले यसअघि प'क्राउ परी छाडिएका दिलिप सिंह विष्टलाई दो'षी देखाईरहेका बेला उनका भिनाजु पर्ने भनिएका कञ्चनपुरका पत्रकार खेम भण्डारी भने निर्मलाका दो'षी कोही भिआईपी भएको भन्दै सवैको ध्यान अर्कै तिर लैजाने खेलमा लागेको आ'रोप लागेको छ ।

न्यु २४ बाट प्रशारण हुने सिधा कुरा जनतासँग कार्यक्रममा निर्मलाको ह'त्या भएका दिन विष्टलाई त्यही नजिकको सडकमा देख्ने महिलाले आफ्नो बयान प्रहरीलाई दिईसकेकि छिन् । दिलिपसिंह विष्टले अ'पराध स्विकार गरेको साविकी बयान दिईसकेको जुन कुरा घटना स्थल प्रकृति र अनुसन्धान विष्लेष्णमा समेत मेल खाएको अवस्थामा ति महिलाले दिलिपसिंह विष्टलाइ घटनाको सम्भावित समयमा उक्त घटना स्थल तर्फ जार्दै गरेको पुष्टि गरिदिनाले यो घटना विष्टले गराएको भन्ने कुरालाई थप बल पुर्याएको छ ।

प्रत्यक्ष देख्ने महिला प्रहरीको सम्पर्कमा पुग्दा पनि पत्रकार भण्डारी भने यो प्रायोजित भएको भनिरहेका छन् । निर्मला पन्तका दो'षीलाई कार्वाही हुनु पर्छ भनि शुरु देखी आवाज उठाउने खेम भण्डारी र उनको पत्रिका र अनलाईन मानस खण्ड हो । तर निर्मला प्रक'रणमा उनि पत्रकार भन्दा पनि अधिकारकर्मी बढी भए । आन्दोलन हुनुमा उनको पनि ठुलो भुमिका देखिन्छ ।

यति मात्रै होईन कञ्चनपुरका तत्कालिन एसपी डिल्ली विष्टलाई त भण्डारीले दिलिप आफ्नो सालो भएको भन्दै चुनौति दिएका थिए । भण्डारीको यो एसएमएस हेर्नुहोस् । फर योर काइन्ड ईन्फरमेसन दिलिप ईज माई साला । अर्थात तपाईको जानकारीका लागि बताउ दिलिप मेरो सालो हो ।

यो एसएमएस भण्डारीले प्रहरीले दिलिपसिंह विष्टलाई अभियुक्त बनाई सार्वजनिक गर्नु अघिनै उनले एसपीलाई पठाएका थिए । त्यसपछि पनि घटना कुनै भिआईपीले गरेको र त्यो भिआईपिलाई बचाउन प्रहरीले सुनियोजित रुपमा प्रमाण नष्ट गरेको भन्दै उनले सवैको ध्यान अन्त्यै धकेल्ने प्रयास गरिरहे ।

सम्बन्धित खबरहरु