काठमाडौ । अफगानिस्तानमा सन् २०१९ को पहिलो छ महिनामा विद्रोहीभन्दा नेटो गठबन्धन सहितको सरकारपक्षीय फौजद्वारा धेरै सर्वसाधारण मा'रिएको राष्ट्रसङ्घको तथ्याङ्कले देखाएको छ । तालिबानविरुद्ध गरिएको भीषण अमेरिकी हवाई कारबाहीका बीच यो वर्षको आरम्भदेखि जुन महिनासम्मको अप्रत्यासित तथ्याङ्क प्रकाशमा आएको हो ।

राष्ट्रसङ्घका अनुसार उक्त अवधिमा लडाकुद्वारा पाँच सय ३१ जना मा'रिएकोमा अफगान र नेटो नेतृत्वको फौजद्वारा सात सय सर्वसाधारण मा'रिएका छन् । अमेरिकी सेना फर्काउन वाशिङ्टन र तालिबानबीच वार्ता भइरहेको बेला यो तथ्याङ्क सार्वजनिक भएको छ । अफगानिस्तानस्थित राष्ट्रसङ्घीय सहायता निकायका अनुसार यो वर्षको पहिलो छ महिनामा ८९ बालबालिकासहित तीन सय ६३ जनामध्ये अधिकांश अमेरिकी युद्धक विमानद्वारा गरिएको हवाई आक्रमणमा मा'रिएका हुन् ।

अमेरिकी सेनाले उक्त तथ्याङ्क अस्वीकार गरेको छ । आफ्नो फौजले सधैँ गैरसैनिक नागरिकलाई क्षति नहुनेगरी काम गरेको भन्दै आफूले सङ्कलन गरेका प्रमाण थप यथार्थपरक भएको उसको भनाइ छ । तर उसले सर्वसाधारण हताहत भएकोबारे कुनै तथ्याङ्क दिएको छैन । अप्रिल महिनामा राष्ट्रसङ्घले दिएको प्रतिवेदनपछि यो तथ्याङ्क आएको छ । सन् २०१९ को पहिलो तीन महिनाबारे तयार पारिएको अघिल्लो प्रतिवेदनको निष्कर्ष पनि समान छ । नयाँ तथ्याङ्कले त्यो अप्रत्यासित प्रवृत्ति जारी रहेको देखाउँछ ।

सर्वसाधारणको मृत्यबारे सङ्कलित सम्पूर्ण तथ्याङ्कमध्ये मुख्य कारण स्थल कारबाही नै देखिन्छ । त्यसपछि बम र हवाई कारबाहीमा एकतिहाइको ज्यान गएको छ । तर राष्ट्रसङ्घले हताहत हुनेको सङ्ख्या घटेको बताएको छ । सन् २०१९ को पहिलो आधा वर्षमा मा'रिने र घाइते सर्वसाधारणको सङ्ख्या तीन हजार आठ सय १२ छ । यो सङ्ख्या सन् २०१२ यता पहिलो छ महिनाको सबैभन्दा कम हो ।

हताहत हुनेको सङ्ख्या घटे पनि सर्वसाधारणको सङ्ख्या ुआश्चर्यजनक र अस्वीकार्यु किसिमले कायम रहेको राष्ट्रसङ्घले जनाएको छ । उसको प्रतिवेदनका अनुसार ज्यानुअरी १ देखि जुन ३० सम्म सर्वसाधारणलाई नियतवश निसाना बनाइएको विद्रोहीको आक्रमणमा नौ सय ८५ जना सर्वसाधारण मा'रिएका र घाइते भएका छन् । अफगानिस्तानस्थित राष्ट्रसङ्घीय मानवाधिकारसम्बन्धी प्रमुख रिचर्ड बेनेटका भनाइमा द्वन्द्वमा सहभागी पक्षले पछिल्लो प्रवृत्तिबारे फरकफरक स्पष्टीकरण दिन सक्छन् र आफ्नो सैन्य रणनीतिको पुष्टि गर्ने उनीहरूको आफ्नै तर्क छ ।

उनी भन्छन्, ‘वास्तविक कुरा के हो भने अन्तर्राष्ट्रिय मानवीय कानुनले मात्र नभई नागरिकको क्षति रोक्ने प्रतिबद्ध प्रयास र लडाइँ तीव्रता कम गर्नाले मात्र अफगान सर्वसाधारणको पीडा घटाउन सक्छ ।’ ह्युमन राइटस् वाचकी एशिया सहनिर्देशक प्याट्रिसिया गोस्मन तालिबानमाथि सहमतिको निम्ति दबाव दिन गरिएको देखिने हवाइ हमला र रात्रिकालीन छापाका कारण सर्वसाधारणले डरलाग्दो मूल्यु चुकाइरहेको बताउँछिन् ।

उनले बीबीसीसँग भनिन्, ‘काबुलस्थित अमेरिकी सैनिक अधिकारीहरूले बारम्बार नागरिकले ब्यहोरेको क्षतिलाई गम्भीर रूपमा लिएको दाबी गर्छन् । उनीहरूले वास्तविक सङ्ख्या पत्ता लगाउन वा गलत निसानाबारे बुझ्न सन्तोषजनक अनुसन्धानहरू गरेका छैनन् ।’ अफगान सरकारको अनुसन्धान पनि समस्याग्रस्त भएको उनको भनाइ छ ।

उनी भन्छिन्, ‘तालिबान सर्वसाधारणहरूसँग मिसिएर लुकेका हुन्छन् भन्ने सामान्यतया गरिने दाबी त्यो सङ्ख्यामा सर्वसाधारण मा'रिने र घाइते हुने सन्दर्भमा क्षमायोग्य छैन । केही घटना युद्ध अपराध पनि हुन सक्छन् ।’ सर्वसाधारणको रक्षा र घाइते तथा विस्थापितहरूलाई सहायता गर्नु प्राथमिकतामा रहेको अफगान सरकारले विज्ञप्तिमार्फत् जनाएको छ।दैनिक हिंसासहित देशका विभिन्न भागमा लडाइँ चलिरहेको छ ।

अमेरिका र तालिबानले खाडी देश कतारमा शान्तिवार्ताहरू गरिरहेका छन् । तर अमेरिकी सैनिले समानान्तर रूपमा लडाकु समूहविरुद्ध सघन हवाई हमला जारी राखेको छ । अमेरिकी फौजद्वारा सन् २००१ मा शक्तिबाट हटाइएको तालिबानले अमेरिकी फौज फिर्ता हुने समय तालिकामा सहमति नहुँदासम्म अफगान सरकारसँग औपचारिक वार्ता गर्न अस्वीकार गर्दै आएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतीय चुनावसम्ममा अफगानिस्तानस्थित आफ्नो फौजको सङ्ख्या घटाउन चाहेको कुरा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले सोमवार बताएका थिए । अमेरिकी मतदाताको मन जित्न वाशिङ्टनले तालिबानसँग हतारो गर्न सक्ने र अफगान सरकारको कुनै पनि चिन्ताको वास्ता नगर्ने भन्दै अनौपचारिक समय तालिकाको सम्भावनालाई लिएर काबुलमा डर गहिरिँदो छ । बीबीसी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु