काठमाडौं । नेपालमा झण्डै वर्ष दिन भैसक्दासम्म निर्मला पन्तको परिवारले न्याय पाएको छैन । यस्तै भारतमा पनि लामो समय देखि चर्चामा रहेको उन्नाव का'ण्डलाई लिएर मंगलबार संसदमा हंगामा भएको छ । अहिले मोदी सरकारलाई लिएर चारै तिरबाट विरोध भइरहेको छ । यहाँ बला'त्कार पछि पक्राउ परेका एक नेताले सबै खालका प्रमाण नष्ट गर्नको लागि सबुत स्वरुप बाँकी रहेका व्यक्तिहरुको ह'त्या गराएको आरोप लगाइएको छ ।

बला'त्कार पछि ह'त्या आरोप लागेका व्यक्ति भारतीय जनता पार्टी (भाजपा) विधायक हुन जसलाई पार्टीले अहिलेसम्म निष्कासन गरेको छैन । यस घटनालाई लिएर अहिले सत्तापक्ष र विपक्षका पनि धेरै सांसद र अधिकारकर्मीहरु अहिले आन्दोलन गर्दै आइरहेका छन् । उन्नावकाण्डका पिडित परिवारले केही सप्ताहपहिले भारतका प्रधानन्याधीश रन्जन गोगोईलाई पत्र लेखेर न्यायका लागि अपिल गरेको खुल्न आएको छ ।

जुलाई १२ मा लेखिएको पत्रमा आफुहरुलाई धम्की आइरहेको भन्दै उनीहरुमाथि कारबाही गर्नुपर्ने उल्लेख गरिएको थियो । पिडित परिवारलाई मुद्धा फिर्ता लिनको लागि दबाब दिइएको पत्रमा भनिएको छ । पिडित परिवारलाई गलत मुद्धा लगाएर जेल हाल्नेसम्मको धम्की आएको पत्रमा उल्लेख गरिएको छ ।

यस घटनामा मुख्य भुमिकामा रहेकी पिडित युवती यही आइतबार सडक दुर्घटनामा परिन् । उनको र उनका वकिलको अवस्था अहिले निकै चिन्ताजनक भएको छ । उनको उपचार भइरहेको जानकारी दिइएको छ । यस घटनामा पिडित आमाले भनिन्, ‘पहिला मेरो छोरीको बला'त्कार गरे, अहिले मेरा श्रीमानको ह'त्या गरे र देवरलाई जेल पठाए । यतिले नपुगेर मेरी छोरीको ह'त्या प्रयास भयो ।

उ जिन्दगी र मृत्युको मुखमा छ । मलाई उसँग अस्पतालमा भेट्न दिइएको छैन । यो सब भाजपा विधायक कुलदीप सिंह सेंगरको आदेशमा भइरहेको छ ।’ आइतबार भएको ट्रक दुर्घटनामा पिडित युवतीकी हजुरआमा र काकीको ज्यान गएको थियो ।

सम्बन्धित खबरहरु