जनबोली धार्मिक ब्युरो । आज बिहिबार साउनको १६ गते अर्थात अगष्ट महिनाको १ तारिख । आज अमावस्या तिथी परेको छ । साउन महिनाको बिहिबार अमावस्या तिथी पर्नु निक्कै दुर्लभ संयोग मानिन्छ । यो तिथीलाई हरियाली अमावस्यापनि भनिन्छ । बिहिबारको अमावस्या श्रेष्ठ मानिन्छ । यो तिथिमा पुष्य नक्षत्र, सर्वार्थ सिद्ध योग, नाग करण र कर्क राशिमा चन्द्रमा रहन्छ । यी सबै शुभ योगले अमावस्याको प्रभावशाली मानिन्छ । यी योगमा प्रकृतिको पूजा महत्वपूर्ण छ । हरियाली अमावस्यामा बीजारोपण र बृक्षरोपण गर्नु अति राम्रो मान्छि ।

पितृको यादमा बिरुवा रोपौँ
यो तिथिमा पितृका लागि पूजा–पाठ, श्राद्ध–तर्पण दिनु राम्रो हो । पितृलाई चढाउने फूल सेवंती, अगस्त, तुलसी, भृंगराज, शमी, आँवला, सेतो पुष्प आदिका बिरुवा रोप्नु अति राम्रो मान्छि । यो अहिले रोपण गरेर आगामी श्राद्धपक्षमा पितृका लागि अर्पित गर्नु धेरै राम्रो हो । यसले घर–परिवारमा सुख खुशी बृद्धि हुनेछ । बिरुवा रोपणसँगै पुर्खाको याद गरौँ ।

हरियाली अमावस्या वैदिक साधनामा प्रकृति संरक्षणका लागि गर्ने पर्व हो । यही दौरानमा पृथ्वीका प्रमुख पञ्चतत्व जल, अग्नि, वायु, पृथ्वी र आकाशको संरक्षणमा विश्व समुदायको ध्यान तान्न मद्धत गर्दछ । यही कारण हो की भगवान शिवको आराधना यो मौसममा धेरै गरिन्छ ।

जल, पुष्प, बिल्व पत्र, फल आदि अर्पित गरेर शिवको पूजा गरिन्छ । यो सबै प्रकृतिमा पाईने चीज हो । जलवायुमा परिवर्तनका कारक बुध ग्रह हो । अमावस्या पर सुबह ९ ४० बजे देखि बुध ग्रह आउँछ । यसले गर्दा राम्रो बर्षाको योग बन्छ ।

मान्यता छ की बुध अन्य ग्रहको ऊर्जा संरक्षित गर्ने एक अद्भूत शक्ति भएको ग्रह हो । जसले जलवायु परिवर्तन गराउँछ । अहिले गुरु वक्री चलिरहेको छ । वक्री रहेर कर्क राशि स्थित सूर्य, चंद्र, मंगल, बुध र शुक्र बाट नवम–पञ्चम दृष्टि सम्बन्ध बनाएको छ । यसको असर मौसममा हुन्छ । दिनलाई शुभ बनाउँछ ।

  • भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु