काठमाडौं । राजधानी काठमाडौं भित्रने मुख्य नाका काटेश्वरमा अत्यधिक रुपमा ट्राफिक जाम बढेको छ । तीनकुने–सूर्य विनायक सडक छ लेनको बनेपछि काटेश्वर चोकमा ट्राफिक जामले सर्वसाधारण हैरान भएका छन् । अरनिको राजमार्ग, वीपी राजमार्ग हुँदै आउने सवारी साधन कोटेश्वर नाकाबाटै काठमाडौं प्रवेश गर्ने गरेका छन् । दैनिक हजारौको संख्यामा सवारी साधन ओहोरदोहोर गर्ने कोटेश्वर चोकमा आकाशे पुल नहुँदा ट्राफिक जामको थपबोझ थपिएको छ ।

कोटेश्वरको ट्राफिक जाम घटाउनका लागि सडक विभाग, ट्राफिक प्रहरी र जनप्रतिनिधिहरुले विकल्प तयार गरेर अगाडि बढे पनि कार्यान्वयन पक्ष भने फितलो देखिएको छ । सडक विभागले कोटेश्वरको टंकप्रसादको शालिकबाट काठमाडौं पेप्सीकोला जोडने वडा कार्यालयसम्मको सडक, जडिबुटीबाट मनहरा खोला हुँदै बालकुमारी जोड्ने दुईवटा वैकल्पिक सर्भिस ट्रयाक निर्माणको काम अगाडि बढाए पनि गति लिन सकेको छैन । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

सम्बन्धित खबरहरु