काठमाडौँ । सिफलचौरमा महानगरपालिकाको फोहोर उठाउने बा १ ग २२९८ नम्बरको गाडीले पार्किङमा राखिएका दुई ट्याक्सीलाई ठक्कर दिएको छ । मदिरा सेवन गरेका चालकको लापरवाहीका कारण भएको गम्भीर दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

जयवागेश्वरी मन्दिरसँगैबाट भण्डारखालको जंगल सकिएलगत्तैको मोडमा २ फिट अग्लो माटोको ढिस्को नाघेर गाडी चौर हुँदै अर्को साइडको बाटोमा पार्किङ गरिरहेका ट्याक्सीमाथि चढेको थियो ।

दुर्घटनामा बा १ ज ७७२३ र बा १ ज ४०४७ नम्बरका दुई ट्याक्सीमा ठूलो क्षति पुगेको छ । दुर्घटनाका क्रममा २ फिट अग्लो पर्खाल र ट्याक्सी पार्किङ गरेको ठाउँमा पनि झण्डै त्यति नै अग्लो ढिस्को टायरले समेत नटेकी अधिकांश स्थानमा उडाएको प्रत्यक्षदर्शीले बताएका बताएका छन् ।

गाडी जथाभावी चलाएर नरोकेपछि वरपर रहेका मान्छे भागाभाग गरेर ज्यान जोगाएका थिए । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबरहरु