प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालय / सानोठिमी, भक्तपुरको डिप्लोमा प्रवीणता प्रमाणपत्र तह सेमेष्ट्रर वार्षिक परीक्षा २०७६ को परीक्षा केन्द्र सम्बन्धी सूचना ।

(सूचना प्रकाशित मिति : २०७६।०४।१८) यस परिषद्का आंगिक, साझेदार, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम (TECS) सञ्चालन गरेका शिक्षण संस्था र परिषद्बाट सम्वन्धन प्राप्त निजी स्तरमा सञ्चालित डिप्लोमा तहका विभिन्न शैक्षिक कार्यक्रमको प्रथम वर्ष दोस्रो खण्ड, दोस्रो वर्ष दोस्रो खण्ड र तेस्रो वर्ष दोस्रो खण्ड तथा प्रमाणपत्र तहका विभिन्न शैक्षिक कार्यक्रमहरूको प्रथम, दोस्रो र तेस्रो वर्षको नियमित तथा आशिक परीक्षाको आवेदन फाराम भर्ने बारेको विभिन्न मितिमा राष्ट्रिय दैनिक पत्रिकामा तथा परिषद्को वेबसाइट www.ctevt.org.np मा प्रकाशित सूचनाबमोजिम परीक्षा आवेदन फाराम भरेका परीक्षार्थीहरूको मिति २०७६/०४/२३ गतेदेखि सञ्चालन हुने भनी मिति २०७६/०३/२७ गते गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित परीक्षा तालीका अनुसारका परीक्षाहरू तपसिलमा उल्लेख भएका शिक्षण संस्थाहरूको सम्वन्धित परिषद्, प्रदेश कार्यालयको सिफारिसअनुसार देहायबमोजिम हुने गरी परीक्षा केन्द्र निर्धारण गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

सम्बन्धित खबरहरु