भगवान यस्तो कसैलाई नहोस् : पिसाब थैलीमा १२० सि.एम को बिजुलीको तारा पसेपछि [भिडियो]


काठमाडौं । केही दिन पहिले एक गर्भवतीको पेटमा गोली भेटिएको भारतको खबर विश्वभर भाइरल भएको थियो । बेलाबेलामा पेटमा चम्चा पञ्जा भेटिएका घटनाहरु आइरहेका हुन्छन् । यस्तै, मान्छेको पिसाब थैलीमा एक सय बिस सेन्टिमिटरको बिजुलीको तारा भेटियो भन्दा तपाईलाई आचार्य लाग्न सक्छ । सुन्दा अच्म लाग्ने देख्दा डर लाग्ने यस्ता बिरामी फेला परेका छन् । जसको कथा तपाईहरुलाई सुनाउदा आङ सिरिग हुनसक्छ ।

 

मकवानपुरको बकैया गाउपालीका वडा न ४ छत्तिवन जुरेली निबासी कृष्ण बहादुर फुयाल उमेरले ५० बर्ष पुगे । उनि बोल्न र कान पनि सुन्न सकदैनन् । जन्मजातै बोल्न र कान सुन्न नसकने फुयाल बिगत १० महिना देखी बिरामी परे । २ महिना अघि परिवारले उनलाई उपाचारका लागी हेटौडा अस्पताल लगे । हेटौडा अस्पतालले उनको भिडियो एक्सरे गरेर पत्थरी छ भन्दै अप्रेशनको लागी बिरामी परिबारलाई जानकारी गरायो । तर बिरामी फुयालको परिबारले ततकाल औषधी चलाउने निर्णय गर्यो ।

लगभग एक महिना सम्म औषधीले निको नभएपछि केहीदिन अघि अचानक फुयालको पिसाब बन्द भयो । पिसाब लाग्ने तर पिसाब फेर्न जादा पिसाब नआउने यो समस्याले फुयाल मात्र होईन उनको परिवार झन तनाबमा रह्यो । औषधीको भरमा निको नभएपछि फुयाललाई भरतपुरको शान्ति अस्पतालमा उपचारका लागि लगियो । त्यहा पुगेपछि फुयालको साधरण भिडियो एक्सरे भयो । एक्सरेमा अष्पट तारा जस्तो भेटिएपछि डाक्टरले पुन एक्सरे गर्न लगायो । यसपछि बिरामी फुयालको पिसाब थैलीमा स्पष्ट रुपमा बिजुलीको तार देखियो ।

यसपछि डाक्टरले बिरामीको परिवारलाई जानकारी गरायो । यो सुनेर बिरामी फुयालका परिवार अक्क न बक्क परे । यसपछि फुयाल परिवारले डाक्टरको सल्लाह अनुसार तत्काल अप्रेशन गर्न तयार गरे । भगवानको कृपा र डा. दिवाकर विश्वासको टिमको मेहनतले बिरामी फुयालको अप्रेशन सफल भयो । डाक्टरले उनको पिसाब थैलीबाट एक मिटर २० सेन्टिमिटरको लामो बिजुलीको लगभग तिन बाईसको तारा निकालेर सफल अप्रेशन गरे । अहिले बिरामी फुयाल सामान्य छन । तर उनको पिसाब थैलीमा यत्ति लामो तार कसरी पुग्यो उनको परिवार अच्चममा परेको छ । भिडियो

प्रतिक्रिया दिनुहोस्
शिक्षा
कानुन सङ्काय तर्फको ३ वर्षे एल.एल.बी. दोस्रो वर्षको परीक्षा तालिका प्रकाशित [तालिकासहित]
त्रिविद्वारा भर्खरै स्नातक तह दोस्रो वर्षको नतिजा प्रकाशित [अनलाईन नतिजासहित]
त्रिविले स्नातक तहमा पास गर्न नसकेकाहरुका लागि मौका समेत दिएर परीक्षा फारम खुलायो
माध्यामिक तहको गणित विषयमा पहिले नै यस्तो खालको परिमार्जन
परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी त्रिविको अति जरुरी सूचना
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता