काठमाडौं । लामो समय देखि मौन बस्दै आउँनु भएकी पूर्वयुवराज्ञी हिमानी शाहले आज पत्रकार सम्मेलन गर्नुभएको छ । उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा लिखित ‘सन्देश संग्रह’ पुस्तक सार्वजनिक गर्नुभएको हो । आज हिमानी ट्रष्टले बालुवाटारमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो पुस्तक सार्वजनिक गर्नुभएको हो ।

उक्त पुस्तक ५ सय प्रति छापिएको छ । सो पुस्तकबाट प्राप्त रकम सामाजिक कार्यमा खर्चिने ट्रष्टले जानकारी दिएको छ । उसै पनि लामो समय देखि हिमानी ट्रष्टले महिला, युवा, बालबालिका, ज्येष्ठ नागरिक, भूकम्प पीडित, बाढी पहिरो पीडित लगायतलाई सहयोग गर्दै आइरहेको छ ।

सम्बन्धित खबरहरु