काठमाडौं । आफ्नो नियमित स्वास्थ्यपचारका लागि प्रधानमन्त्री केपी ओली सिंगापुर जानु भएको छ । उहाँको उपचार गर्दा लाग्ने खर्च सरकारले नव्यहोर्ने भएको छ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्‌बाट प्रधानमन्त्रीको भ्रमण स्वीकृत भएको र उपचार खर्च सरकारले नव्यहोर्ने निर्णय नभएको जानकारी दिनुभयो । प्रधानमन्त्रीको भ्रमण टोलीमा रहेका सबैको आउँदा जाँदाको हवाई टिकट भने सरकारले नै व्यहोर्नेछ ।

उपचार खर्च प्रधानमन्त्री आफैले व्यवस्थापन गर्ने मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । भ्रमण टोलीमा रहेका कर्मचारी बाहेक कसैको आतेजाते र आवास खर्च नव्यहोर्ने मन्त्री बाँस्कोटाले स्पष्ट पार्नुभयो । उहाँको नेशनल युनिभर्सिटी अस्पतालमास्वास्थ्य परीक्षण हुनेछ । प्रधानमन्त्रीसँग धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाहसमेत गएका छन् ।

सम्बन्धित खबरहरु