काठमाडौ । कलाकार दिपक राज गिरी र दिपाश्री निरौलाको फिल्म ‘छ माया छपक्कै’ भदौ २७ बाट प्रदर्शनमा आउने सम्भावना बढेको छ । दशैं ताका फिल्म प्रदर्शन गर्ने दिपक राज गिरीको टिमको पुरानो प्रचलन यो संगै तोडिने भएको छ ।

दशैँको समयमा प्रतीक्षारत फिल्महरु समेत प्रदर्शनमा आउने छन् । सोही कारण फिल्मको सम्पूर्ण काम सकिएको खण्डमा फिल्म भदौमा नै प्रदर्शनमा आउने छ । फिल्मको प्रदर्शन मिति भदौ २७ हुने सम्भावना बढी रहेको छ ।

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण भैरहेको फिल्म ‘छ माया छपक्कै’ का निर्माता रोहित अधिकारी रहेका छन् । फिल्म दिपेन्द्र लामाले निर्देशन गर्दैछन् भने छायांकन हरी हुमागाईंको छ ।

फिल्मका लागि कलाकार केकी अधिकारी, दिपकराज गिरी, दीपा श्री निरौला, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट लगायत छन् । फिल्ममा केकी र दिपक पहिलो पटक जोडीको रुपमा देखिदैछन् । फिल्मले करिब ४० वर्ष उमेर अन्तर रहेको जोडीको कथा भन्ने छ । फिल्म आउँदो बर्षको दशैंमा रिलिज हुनेछ । फिल्ममा दिपाश्री निरौला सल्लाहकार निर्देशकको रुपमा रहेकी छन् ।

सम्बन्धित खबरहरु