काठमाडौं । अहिलेका लोकप्रीय सर्जक तारानाथ आचार्यको चेली ३ सार्वजनिक भएको छ । चेली भाग एक र दुइ को अपार सफलता पछि चेली ३ सार्बजनिक गरिएको हो । हिन्दु महिलाहरुको महान पर्व तिज पर्व आउन अझै करिब एक महिना बाँकी रहेता पनि कलाकार तथा गितकारहरुलाई भने तिज पर्वले छोएको छ । तिज पर्वमा गाईने गितहरु मौलिकतालाई नछोई फरक फरक खालका गितहरु निकाल्ने पनि गरेका छन् ।

तर यो वर्षको तिज पर्वलाई मध्यनजर राखेर सर्जक आचार्य ले उक्त गीत सार्बजनिक गरेका हुन् । हाम्रो समाजमा हाल नयाँ नयाँ तिजका गितहरु आउने गरेका छन् तर पुराना गितहरु कस्ता थिए कस्ता हुन्थे नयाँ पिडिलाई थाहा छैन् ‘कला सँस्कृतिले र चाडपर्वको एक अर्का परिपुरक हुन यिनको संरक्षण गित संगितले पनि गर्दछ् । भिडियो

उनको गितमा अनु पराजुली,दिपक पौडेल, बुद्धि खनाल, माया गिरि, राजु कुमाल, दिपिका छेत्री, कुमार गुरुङ, सागर थापा लगायत ले अभिनय गरेका छन् । नारी बेदना नारीको यथार्थ भावलाई उनको गितले चित्रण गरेको छ । दिपक पौडेल को शब्द, तारानाथ आचार्य को लय तथा एरेन्ज रहेको गितमा गायिका माया गुरुङ को सुमधुर स्वर रहेको छ । गित को म्युजिक भिडिओ गणेश सापकोटा ले छायांकन गरेका छन् भने सुबाश अमगाईले सम्पादन गरेका हुन् ।

सम्बन्धित खबरहरु