काठमाडौं । सरकारले मुस्लिम समुदायको बक्रईदका सार्वजनिक बिदा दिने कुरामा सकारात्मक भएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा रहेका बेला कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले मुस्लिम समुदायको बक्रईदका सार्वजनिक बिदा दिने कुरामा सरकार सकारात्मक भएको जानकारी दिनुभयो । सोमबार सिंहदरबारमा उपप्रधान एवम् रक्षामन्त्री समेत रहनु भएका कार्यबाहक प्रधानमन्त्री पोखरेलसँग मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले भेट गरी बक्रईद पर्वका अवसरमा सार्वजनिक बिदा दिन अग्रह गर्नुभएको थियो ।

आयोगका अध्यक्ष अन्सारीले कार्यबाहक प्रधानमन्त्री पोखरेलले मुस्लिमको बक्रईद पर्वका अवसरमा सार्वजनिक बिदा दिन संघीय सरकार सकारात्मक रहेको आश्वासन दिएको बताउनुभयो । मुस्लिम समुदायको पर्व बक्रईद साउन २७ गते परेको छ । सो पर्वका अवसरमा सार्वजनिक बिदा दिन आयोगका अध्यक्ष अन्सारीले संघीय सरकारसँग अपिल गर्नुभएको छ ।

सम्बन्धित खबरहरु