काठमाडौ । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहालको नयाँ गीत ‘मायालु तिमी कता छौ’ को भिडियो बजार तताएको छ । चढेको गर्मीमा स्मिताको स्वरको गीतमा बनेको भिडियोले झनै तताएको हो । भिडियोमा काटुन क्रियुकी आश्मा विश्वकर्मा र सरोज अधिकारीको अभिनय देख्न सकिन्छ ।

गीतमा स्मितासँगै राजनराज शिवाकोटीले पनि स्वर दिएका छन् । दिनेश थपलियाको शब्द रहेको गीतमा राजनराजकै संगीत छ भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ । सेट लगाएर खिचिएको भिडियोमा वर्षाका कारण कोठा नै डुबानमा परेपछि मायालुको खोजी गर्दै गरेको दृश्य देखाइएको छ । भिडियोको निर्देशन सरोज ओलीले गरेका हुन् ।

भिडियो छायाँकनका क्रममा ‘कार्टुन्ज क्रु’ की आश्मा विश्वकर्मा बेहोस हुँदा करिब ५ घण्टा अस्पतालमा राख्नुपरेको निर्देशक सरोज ओलीले जानकारी दिए । भिडियोमा गायिका स्मिता दाहालले पनि पानी रुज्दै नृत्य गरेकी छिन् । राजु पेन्टरद्धारा निर्मित सेटमा छायाँकन गरिएको भिडियो सञ्जय लामाले खिचेका हुन् । विक्रम स्वारको कोरियोग्राफी भिडियोमा रहेको छ ।

सम्बन्धित खबरहरु