महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ९ स्थित हनुमान चोकबाट साउन २० गते एपीएफ टोलीले स्रोत नखुलेको करीव २१ लाख २२ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको महोत्तरी गाउँपालिका १ डामी बस्ने ३५ वर्षिय सुरेन्द्र ठाकुर छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण हेक्वा महोत्तरीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

सोही जिल्लाको हनुमान चोकबाट ज ११ प १७३२ नम्बरको मोटरसाइकलमा जलेश्वरतर्फ जाँदै गरेका निज ठाकुरलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित रुपैयाँ फेला परेको तथा उनले उक्त रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका निज ठाकुरलाई बरामद रकमसहित आवश्यक कारवाहीको लागि सम्पत्ती शुद्धिकरण विभाग महोत्तरीमा बुझाएको छ ।

यता बर्दियाँ जिल्लाको मधुवन नगरपालिका ३ कोठियाघाटबाट एपीएफ टोलीले साउन २१ गते करीव २ लाख ४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, मोटर पार्टस र रासायनिक मल सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३१ गण हेक्वा बर्दियाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

त्यसेवला सामान ल्याउँने व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै उक्त सामान छाडी भागेका थिए । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५६ गुल्म हेक्वा कञ्चनपुरबाट खटिएको एपीएफ टोलीले साउन २० गते वेवारिसे अवस्थामा रहेको करीव २ लाख ५० हजार रुपैयाँ बराबरको फेन्सी सामान बरामद गरेको छ ।

एपीएफ टोलीले उक्त सामान कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ६ स्थित बनगाउँबाट बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु