एजेन्सी । पंजाबको निजी स्कुलमा ८ कक्षामा पढ्ने किशोरी लगातार दुब्लाउँदै गएकी थिइन् ।

छोरीको हालत देखेर आमाले उनलाई अस्पताल लिएर गइन् । अस्पतालमा डाक्टरले उनको जाँच गरेपछि आमालाई रिपोर्ट दिँदै छोरी एचआइभी संक्रमित भएको बताएपछि आमा बेहोस भइन् ।

आमाले छोरी कसरी संक्रमित भइन् भन्ने थाहा नभएको बताएकी छिन् । किशोरीका अनुसार उनको साथमा ११ र १२ कक्षा पढ्ने ३–४ जनाको समूह छ । केही समयअघिदेखि उनीहरुको मित्रता थियो । एक दिन साथीहरुले उनलाई सेतो रंगको पाउडर ल्याएर सुँघ्न भने ।

साथीहरुको कुरा मानेर उनले पनि त्यो पाउडर सुँघेर हेरिन् । त्यसपछि विस्तारै त्यसको बानी भयो । उनले विगत १ वर्षदेखि यसको नशा गर्दै आएको बताएकी छिन् ।

किशोरीका अनुसार गाउँकै केही युवकले ला'गूपदा'र्थको सप्लाइ गर्छन् । उनले ती केटाहरुलाई चिन्दिनन् किनकि यो नशा उनका साथीहरुकहाँ आउँछ । साथीहरुले पछि उनलाई दिन्छन् । यसैले आज उनको हालत यस्तो भएको छ ।

सम्बन्धित खबरहरु