काठमाडौं । राजधानीको मुख्य क्षेत्रमा बम फेला परेको छ । काठमाडौं माइतीघर मण्डलामा सकेट बम फेला परेको हो । माइतीघर मण्डलास्थित सेन्टजेभियर्स कलेज अगाडि आज बिहानै सकेट बम फेला परेको महानगरीय पहरी परिसरका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

बम राखेको स्थान नेपाली सेनाको मुख्यालय भद्रकाली केही मिटरको दूरीमा रहेको छ । सकेट बम भेटिएलगत्तै पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले त्यसलाई निष्क्रिय पारेको छ ।

बम कसले राख्यो भन्ने अहिलेसम्म खुलेको छैन । घटनाबारे आवश्यक थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु