काठमाडौं । एउटा स्कुलमा अध्ययन गर्ने किशोरी दुब्लाउँदै गएपछि अनौठो रहस्य खुल्न आएको छ । पञ्जाबको निजी स्कुलमा ८ कक्षामा पढ्ने किशोरी लगातार दुब्लाउँदै गएकी थिइन् ।

 

छोरीको हालत देखेर आमाले उनलाई अस्पताल लिएर गइन् । अस्पतालमा डाक्टरले उनको जाँच गरेपछि आमालाई रिपोर्ट दिँदै छोरी एचआइभी संक्रमित भएको बताएपछि आमा बेहोस भइन् ।

 

आमाले छोरी कसरी संक्रमित भइन् भन्ने थाहा नभएको बताएकी छिन् । किशोरीका अनुसार उनको साथमा ११ र १२ कक्षा पढ्ने ३–४ जनाको समूह छ । केही समयअघिदेखि उनीहरुको मित्रता थियो । एक दिन साथीहरुले उनलाई सेतो रंगको पाउडर ल्याएर सुँघ्न भने ।

 

यो कुरा थाहा पाएपछि अहिले उनकी आमाले छोरी समेत साथमा नै लिएर सचेतनाका लागि हिँडेकी छिन् । विभिन्न ठाउँमा कार्यक्रम तथा भेटघाट गर्दै उनले छोरीलाई समेत बोल्न लगाएर सानो उमेरका छोरी छोरीमाथी बाबु आमासँगै आफन्तलेपनि निक्कै ख्यालगर्नुपर्ने भनेका छन् । अन्यथा किशोर किशोरी अवस्थामा नै गलत कर्ममा फसेर जीवन बर्बाद हुने भन्दै उनीहरु सचेतनाको स्वर सुनाएका छन् । एजेन्सी

 

सम्बन्धित खबरहरु