आज वि.सं. २०७६ साउन २३। बिहीबार। इ.स. २०१९ अगस्ट ८। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। वर्षा ऋतु। ने.सं. ११३९ गुँलाथ्व। श्रावण शुक्लपक्ष। अष्टमी, १५:११ उप्रान्त नवमी। नक्षत्र– विशाखा, २६:३१ बजेउप्रान्त अनुराधा। योग– शुक्ल, १८:५२ बजेउप्रान्त ब्रह्म।

करण– वव, १५:११ बजेदेखि वालव, २६:३१ बजेउप्रान्त कौलव। आनन्दादिमा प्रवर्द्ध योग। चन्द्रराशि– तुला, २०:३९ बजेउप्रान्त वृश्चिक। काठमाडौंमा सूर्योदय– ५:३१ बजे, सूर्यास्त– १८:४६ बजे र दिनमान ३३ घडी ९ पला। अष्टमी व्रत। गोरखकाली पूजा। यलपञ्च दान।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ -समय महत्वपुर्ण ढंगले ब्यतित रहनेछ । प्रियजनहरु सँगको भेटघाटले मन प्रशन्न रहनेछ । गरीरहेको कार्यका क्षेत्रमा मान सम्मान प्राप्तीको योग रहेकोछ । यात्रा मनोरञ्जन पुर्ण ब्यतित रहनेछ । मित्रजनहरुको साथ सहयोगमा आम्दानीका श्रोतहरु सवल बन्नेछन । पारीवारिक साथ सहयोग मनग्य प्राप्त रहनेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो -प्रतिपक्षीहरु कमजोर रहनाले कार्य सम्पादनमा सहजता रहनेछ । बिभिन्न अवसरहरु प्राप्तहुने योग रहेता पनि समयको प्रयोगमा भने पछि परीनेछ । दिर्घकालिन फाईदा मुलक कार्यमा समय ब्यतित गरेमा उत्तम रहनेछ । स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । मेहेनत अनुसारको फल प्राप्ती रहनेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह -मान्यजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । ब्यापार ब्यवसायमा बिशेष लाभ प्राप्त हुने समय रहकोछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ । आम्दानिका श्रोतहरु सवल तुल्याउन आफ्नोकला कौशलको प्रयोग गर्नु पर्ने समय रहेकोछ । सन्तान सुख प्राप्त रहनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो -सम्पादित कार्यहरुमा सामान्य त्रुटिहुनाले कार्यक्षेत्रमा बिशेष साबधानि अपनाउनु पर्नेछ । भौतिक श्रोत साधनको परीचालनमा समय ब्यतित रहनेछ । नयाँ लगानिमा भने बिशेष साबधानि अपनाउनुनै उत्तम रहनेछ । मान्यजनहरुको मार्गप्रदर्शन अबलम्बन गर्दा निकै महन्वपुर्ण कार्यहरु सम्पादित रहनेछन ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे -कार्यक्षेत्रमा बिभिन्न अवसरहरु प्राप्त रहनेछन । पुराना मित्रजनहरु सगँको भेटघाटले मन हर्षित तुल्याउनेछ । अधुराकार्यहरु सम्पादन गर्न समय उत्तम रहनेछ । बल तथा प्रराक्रमका क्षेत्रबाट समेत पुराना लगानि उठाउन सकिनेछ । यात्राक्षेत्रमा भने सामान्य तनाबको सामना गर्नु पर्न सक्नेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो -स्थीर क्षेत्रमा गरीएको लगानिको उत्तम प्रतिफल प्राप्त हुनेछन । भोज भतेर जन्यकार्यमा सहभागीताको योग बन्नेछ । शुभ चिन्तकहरुको साथ सहयोगमा बृद्धिहुनेछ । कुल कुटुम्बहरु सगँको सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते -नयाँकार्यहरुको सुरुवात गर्नका निम्ती शारीरिक आलस्यताले सामान्य समस्या दिलाउन सक्नेछ । प्रेम सम्बन्धमा सामान्य तनाबको सामना गर्नुपर्नेछ । पारीवारीक मनोरञ्जनका निम्ती अधिक समय खर्चनु पर्ने समय रहेकोछ । सम्पादित कार्यहरुको उत्तम प्रतिफल प्राप्त रहनाले मन हर्षित रहनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु -आफन्तजनहरु सगँको सम्वन्धमा तनाब सृजनाहुन सक्नेछ । कार्यक्षेत्रमा भएको त्रुटिको कारण अरुबाट अपहेलित भएको महसुस रहनेछ । नयाँ लगानिका क्षेत्रमा बिशेष साबधानि अपनाउनु राम्रो रहनेछ । समय अनुरुप चल्न नसकेको अनुभुतिभने मनमा खट्कीनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे -गरीरहेको कार्य क्षेत्रले मान सम्मान दिलाउन सक्नेछ । कार्यक्षेत्रमा बिशेष जिम्बेवारी बहन गर्नुपर्ने समय रहेकोछ । अध्यन अध्यापनमा खर्चीएको समय उत्तम रहनेछ । आम्दानिका श्रोतहरु मजबुत तुल्याउन तत्कालिन कार्यहरु फाईदा मुलक साबित रहनेछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि -मान्यजनहरु सगँको सम्बन्धमा प्रगाढता छाउनेछ । भौतिक साधनको प्रयनेगमा समय ब्यतित रहनेछ । कार्यक्षेत्रमा लगाईएको लगनसिलताको कदर रहने समय रहेकोछ । मातृपक्षको स्वास्थमा सामान्य तनाब उत्पन्न हुनाले मनमा सामान्य चिन्ताले सताउन सक्ने समय रहेकोछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द -कार्यक्षेत्रमा लगनसिलताको कमि महसुस हुनेछ । तपाइ द्वारा सम्पादित कार्यको श्रेय गैर ब्यत्तिहरुले सहजरुपमा प्राप्त गर्नेछन । यात्रा मनोरञ्जन पुर्णरुपमा ब्यतित रहनेछ । मित्रजनहरुको सम्बन्धमा समान्य तनाब उत्पन्न हुन सक्नेछ । आटँ तथा शाहसको कमिले कार्यक्षेत्रमा तनाब उत्पन्न हुन सक्नेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि -नजिकका ब्यत्तिहरुबाट धोका हुनाले तपाइका गुह्यकुराहरु अरु सामु प्रस्फुटित हुनेछन । ब्यपार ब्यवसायमा अधिक लगानि नगरैकै बेस रहनेछ । आफ्नो सामान्य लापरवाहिले तपाईका माल सामानहरु गुम्न सक्ने सम्भाबना रहेकोछ । यात्राका कारण सामान्य चोटपटकाको सामना गर्नु पर्ला ।

सम्बन्धित खबरहरु