काठमाडौं । नेपाली काङ्ग्रेसले भारतीय जनता पार्टीकी नेत्री एवं भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधनमा दुःख व्यक्त गरेको छ । काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेत्री स्वराजको निधनमा दुःख प्रकट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई छुट्टाछुट्टै समवेदना सन्देश पठाउनु भएको हो ।

सभापति देउवाले पठाउनुभएको सन्देशमा नेपाल र भारतबीचको सम्बन्धलाई सुदृढ बनाउन स्वर्गीय स्वराजले पुर्याउनुभएको योगदानको स्मरण गरिएको छ । सभापति देउवाले स्वराजको असामयिक निधनप्रति दुःख प्रकट गर्दै भारत सरकार, भारतीय जनता पार्टीका सदस्य, स्वर्गीय स्वराजका परिवारका सदस्यसहित सम्पूर्ण भारतीय जनताप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

सम्बन्धित खबरहरु