काठमाडौं । नेपाल अहिले भारतलाई बिजुली बेच्दै आएको छ भने किन्दै पनि आइरहेको छ । तर आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बोल्दै गर्दा संसदमा बत्ती गएको छ । जुम्लामा विद्युतीकरणको विषयमा सांसद गजेन्द्र महतले उठाएको प्रश्नको जवाफ दिन रोष्टम पुग्नु भएका मन्त्री पुन बोल्दाबोल्दै बत्ती निभेको हो ।

बत्ती निभे पनि मन्त्री करिब १५ सेकेन्डपछि बत्तीको वैकल्पिक व्यस्था गरिएको थियो । केही दिनअघिको संसद बैठकमा जुम्लाका सांसद गजेन्द्र महतले जुम्लामा बिजुली अवरुद्ध भएको जानकारी गराउन पटक पटक प्रयास गर्दा पनि कसैले सुन्न नचाहेको जानकारी दिएका थिए ।

उनले मन्त्री पुन र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बेवास्ता गरेको आरोप लगाएका थिए । सांसद महतको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले जुम्लाको समस्या आफूहरुलाई जानकारी भएको भन्दै त्यसको समाधानका लागि पहल गरिरहेको बताए । जुम्लामा सञ्चालित २ सय ४० किलोवाटको लघु जलविद्युत आयोजना बिग्रिएकाले बत्ती नबलेको मन्त्रीले स्पष्ट पार्नुभयो ।

सम्बन्धित खबरहरु