चेन्नई । दक्षिण भारतीय अभिनेत्री तमन्ना भाटिया पछिल्लो समय खुबै चर्चामा छिन् । उनले मुम्बईको बर्सोवामा दुई गुणा बढी मूल्य तिरेर ‘सी भ्यु अपार्टमेन्ट खरिद गरेपछि उनको थप चर्चा सुरु भएको हो । सोहि बिषयलाई लिएर उनि भारतीय सञ्चार माध्यमहरुको हेडलाइन समेत बनेकी छिन् ।

उनले हाल खरिद गरको अपार्टमेन्ट १६ करोड भारतीय रुपैयाँ परेको बताईएको छ । उनले यसको पुणनिर्माणको लागी ४ दशमलब ५६ करोड भारु खर्च गरेकी छिन् । आफ्नो करियरको सुरुवात १३ वर्षको उमेरमा ‘चाँद सा रोशन चेहेरा’बाट गरेकी थिइन् । हालसम्म उनले बलिउड र साउथ गरी कैयौँ सुपरहिट फिल्ममा काम गरिसकेकी छिन् । एजेन्सी

सम्बन्धित खबरहरु