प्रतीक्षित तथा सर्वोत्कृष्ट रेडमी के२० सिरिज नेपाली बजारमा


काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज पूर्वानुमानित तथा प्रतीक्षित रेडमी सब–ब्राण्ड अन्तर्गतको पहिलो फ्ल्यागसिप सिरिजको रुपमा रेडमी के२० सिरिजको स्मार्टफोन–रेडमी के२० र रेडमी के२० प्रो नेपाली बजारमा ल्याएको छ । रेडमी के२० र रेडमी के२० प्रो ले फ्ल्यागसिपको प्रतिज्ञा गर्दै दुवै उपकरणमा प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने आधुनिक प्रविधि ल्याएको छ । दुवै रेडमी के२० र रेडमी के २० प्रोमा चारैतिर न्यूनतम बेजेल भएको १६.२ सीएम (६.३९) १९.५ः९ पूर्ण एचडी प्लस AMOLED होरिजन डिस्प्ले रहेको छ ।

२० एमपी पप–अप सेल्फी क्यामेरासँगै, रेडमी के२० सिरिजमा स्क्रीन देखि बडीको अनुपात अविश्वसनीय रुपमा ९१.९ प्रतिशत रहेको छ जुन यस इन्डस्ट्रीकै उच्च हो । होरिजन AMOLED डिस्प्लेमा ७औं जेनेरेशनको इन–डिस्प्ले स्क्यानर रहेको छ र कव्र्ड कर्निंग गोरिला ग्लास ५ ले दुवै फोनलाई सुरक्षित बनाएको छ । रेडमी के२० सिरिजमा सुन्दर औरा प्राइम शैलीको प्रयोग गरिएको छ, जसले एकै समयमा कार्यक्षमता कायम राख्दै यसलाई असाधारण रुपले सुन्दर बनाएको छ । उद्योगमै पहिलो पटक रेडमी के२० ले फायर एण्ड आईसबाट प्रेरित भएर ग्लेशियर ब्लू, फ्लेम रेड र कार्बन ब्लाक कलर भेरियन्टमा फोनहरु उपलब्ध गराएको छ ।

एस्थेटिक्स डिपार्टमेन्ट एलईडी नोटीफिकेसन पल्सेट गरेर पूर्ण हुन्छ जुन पप–अप क्यामेरा संयन्त्रको (कम्तिमा ३००,००० पटक काम गर्न परिक्षण गरिएको) शिर्षमा क्यामेरा मोड्यूलको वरपर स्टाइलिस हलो रिंगका साथ रहेको छ । रेडमी के२० सिरिजमा ४८ एमपी मुख्य क्यामेरा, ८ एमपी टेलिफोटो र १३ एमपी चौंडा कोणहरु सहित एआई ट्रिपल क्यामेरा रहेको छ । यो फोनमा ४००० एमएएच ब्याट्री रहेको छ, र निरन्तर प्रयोगको बावजुत पनि यसको ब्याट्री दुई दिनसम्म आनन्दले टिक्छ । दुवै फोनमा टाईप–सी पोर्ट, ३.५ एमएम हेडफोन ज्याक र फास्ट–चार्ज सपोर्ट रहेको छ ।

रेडमी के२० उच्च गुणस्तरीय रहेको छ, न्यानो–कोटिङले फोनलाई स्प्ल्यास प्रुफ बनाएको छ साथै दुवै फोनको अघिल्लो तथा पछिल्लो भागमा रहेको कर्निंग गोरिला ग्लास ५ ले यसलाई टिकाउ, दिगो र सुन्दर बनाएको छ । अन्य सहजज्ञ गुणस्तर सुधार अन्तर्गत यसले फोन खस्न लागेमा पप–अप क्यामेरा स्वचालित रुपमा रिट्रयाक्ट गर्दछ । यस अवसरमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो, ‘हामी नेपालमा रेडमी के२० सिरिज भित्र्याउन पाउँदा निकै प्रसन्न छौं । रेडमी फ्ल्यागसिप सिरिजको रुपमा नेपालमा पहिलो रेडमी के२० तथा के२० प्रो ले चरम फ्ल्यागसिप अनुभवलाई साच्चैं नै पुनः परिभाषित गर्दछ ।

नयाँ पप–अप क्यामेराको साथै AMOLED स्क्रीन, इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर सहित यस फोनले एमआई फ्यानहरुलाई वास्तवमै सुलभ मूल्यमा उच्च गुणस्तरीय तथा अत्याधुनिक प्रविधि प्रदान गर्दछ । हामी एकदमै खुसी छौं कि एमआई फ्यानहरु र नेपालका सम्पूर्ण प्रयोगकर्ताले रेडमी के२० र रेडमी के२० प्रो मा क्वालकम स्न्यापड्रेगन ८५५ र क्वालकम स्न्यापड्रेगन ७३०को अनुभव लिन सक्नेछन् ।’ रेडमी के२० प्रो प्रयोगकर्ताको खुसीका लागि अटल फ्ल्यागसिप हो । यो क्वालकम स्न्यापड्रेगन ८५५ मोबाइल प्ल्याटफर्ममा आधारित पहिलो रेडमी फोन हो र यसमा विश्वकै सबैभन्दा तेज प्रोसेसर छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
चितवन मेडिकल कलेजलाई त्रिविले भन्यो बढी शुल्क लिएको भए फिर्ता देऊ
स्नातक तहको प्रथम र दोस्रो वर्षको परीक्षा आवेदन फारम भर्ने सम्वन्धि सूचना
२०४८ सालपछिका त्रिविका विद्यार्थीहरुका लागि यो अन्तिम मौकाको सूचना : त्रिभुवन विश्वविद्यालय
परीक्षा फारम भर्ने सम्बन्धी त्रिविको अत्यन्तै जरुरी सुचना
अब कल्याणकारी कोषमार्फत शिक्षकलाई राहत
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर